News Category 2078/09/23
शिव केयर नेपालद्वारा दाताहरु सम्मानित
दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यका साथ नाफारहित स्वार्थका साथ गठन गरिएको एक सामाजिक संस्थाले शुक्रबार संस्थालाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ ।
राजविराज ७ स्थित शिव केयर नेपाल नामक सामाजिक संस्थाले एक कार्यक्रमको आयोजना गरि संस्थालाई विभिन्न स्थानबाट सहयोग गर्ने ६ जना व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष ममताकुमारी यादवको अध्यक्षता तथा पूर्वसभासद् सूर्यनाथ यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थालाई सहयोग गर्ने मन्जुकुमारी यादव, उषाकुमारी यादव, उर्मिलाकुमारी यादव, बिलासकुमारी यादव, रामउद्गार साह र रुबीकुमारी यादवलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रमुख अतिथि, अध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथि पर्शुराम यादव र महेश यादवले सम्मान गरेका थिए ।
गरिब, दलित तथा विपन्न समुदायका बालबालिकाहरुलाई संस्थाले निस्वार्थ भावनाले शिक्षादिक्षामा सहयोग गरिरहेकोले आर्थिक सहयोग गरेको सम्मानित रुबीकुमारी यादवले बताइन् । उनले आगामी दिनहरुमा संस्थाले जिल्लाका विपन्न समुदायका बालबालिकाहरुलाई निशुल्क उच्च शिक्षाका लागि सहयोग गर्ने लक्ष्य राखेकोले आवश्यक परे पुनः थपसहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् । सो अवसरमा संस्थाका सम्पूर्ण पदाधिकारी, समाजसेवी तथा दाताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ