News Category 2078/09/23
लागुऔषध बोकेर साइकलमा आउँदै गरेका दुई यूवा पक्राउ
दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
सप्तरीको राजगढ गाउँपालिकास्थित बनैनियाबाट प्रहरीले दुई यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
भारतीय बजारबाट साइकलमा सवारहुँदै लागुऔषध बोकेर आइरहेका सप्तरीको विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षिय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० वर्षिय परमानन्द महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रतिबन्धित एसपिएम प्रोकिसभन ४०८ र नाइट्राभेट १० चार थान र डाइलेक्स डिसि १०० एमएल चार बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ भारतीय सीमासँग जोडिएको बनैनिया क्षेत्रहुँदै लुकिछिपि साइकलमा आउँदै गरेका उनीहरुलाई गस्ती टोलीले चेकजाच गर्दा लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई शुक्रबार लागुऔषध मुद्दा शिर्षक अन्तरगत सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ