News Category 2078/09/26
किसानहरुको मागप्रति तिलाठी कोइलाडीको ऐक्यबद्धता
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले ११ सुत्रिय माग राखी आन्दोलनरत तिलाठी कोइलाडी गाउँपालिकाको किसान आन्दोलन संघर्ष समितिको माग प्रति ऐक्यबद्धता जनाएका छन् ।
सोमबार एक विज्ञप्ति जारि गर्दै अध्यक्ष सिंहले किसानहरुको उचित मागहरु अबिलम्ब पूरा गर्न संघीय तथा प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
जारि विज्ञप्तिमा भनिएको छ, “देशमा खाद्यान्न आपूर्ति गर्ने प्रमुख वर्ग किसान अहिलेको अवस्थामा चौतर्फी मारमा परेका छन् । एकातिर समयमा मलखाद, बीऊबिजन नपाइरहेको अवस्था छ भने अर्कोतिर उब्जाइएका फसलको उचित मूल्य समेत नपाइरहेको अवस्था विद्यमान छ ।”
विज्ञप्ति मार्फत तिलाठी कोइलाडी गाउँपालिकाले गत असारमा सम्पन्न पाँचौं गाउँ सभाबाट किसानको खेतबारीमा रहेको कृषि मिटरको न्युनतम महसुल गाउँपालिकाले तिर्ने र सो को लागि सेवाप्रदायक संस्था खल्तीसँग सम्झौता समेत भईसकेको जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ