News Category 2078/09/26
पक्राउ परेका जनमतका ६ जना नेता कार्यकर्ता रिहा
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
किसान आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टी सप्तरीका ६ जना नेता कार्यकर्ता सोमबार रिहा भएका छन् ।
सार्वजनिक शान्तिबिरुद्धको कसुरमा पक्राउ परेका जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर प्रसाद साह, कंचनरुप नगरपालिकाका अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ अध्यक्ष सुरेन्द्र मण्डल, नेता योगानन्द साह र महिनारायण साह रिहा भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले सोमबार जनही ५÷५ सय धरौटी लिई उनीहरुलाई रिहा गरेको जनमत पार्टी सप्तरीका सचिव थानेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
पुस १६ गते शुक्रबार किसान आन्दोलनका क्रममा राजमार्ग अवरुद्ध गर्न खोज्दा जिल्लाको भारदह, कंचनपुर लगायतका स्थानबाट उनीहरु पक्राउ परेका थिए । प्रदर्शन कै क्रममा पक्राउ परेका उनीहरुमाथी प्रहरीले सार्वजनिक शान्तिबिरुद्धको कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट सात दिने म्याद थप गराई हिरासतमा राखेको थियो ।
किसानहरुको समस्या समाधान तथा आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाईको माग गर्दै जनमत पार्टीले दिनहुँ प्रदर्शन गरिरहेको बेला उनीहरु थुना मुक्त भएपछि सोमबार नै जनमत पार्टीले खुशीयाली मनाउँदै नगर क्षेत्रमा जुलुस निकालेका छन् ।
उनीहरुले किसानहरुको जायज माग सम्बोधन नभएसम्म आन्दोलन जारि रहने बताएका छन् । पुस १४ गतेदेखी जनमतका नेता कार्यकर्ताहरुले किसानको माग सम्बोधनका लागि उच्चस्तरिय समिति गठन गर्नलगायतको ११ बुँदे माँग गर्दै राजमार्ग केन्द्रित आन्दोलनको थालनी गरेका हुन् ।
किसानहरुका लागि मलखाद र बिउको व्यवस्था, सिंचाईको ब्यवस्था, निशुल्क बिजुली, हावाहुरी र वर्षाले भएको बालिनालीको क्षति वापत राहत, बालीको उचित समर्थन मुल्य निर्धारण तथा उखु किसानको भुक्तानी गर्न पार्टीले माग गरेको छ ।
यस्तै किसानका लागि कार्डको व्यवस्था, पेन्सनको व्यवस्था, बालिनालीको बिमा, तथा किसानहरुमाथी गरिएको दमन, झुठा मुद्दा खारेज लगायत आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाईको माग समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ