News Category 2078/09/26
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लाका सरकारी कार्यालयहरुमा कर्मचारीको चरम अभाव भएको जानकारी दिएका छन् ।
२८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा सोमबार नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले सो जानकारी दिएका हुन् ।
उनले सरकारी कार्यालयहरुमा दरबन्दी अनुसार पदपूर्ती नहुँदा काम गर्न समस्या भइरहेको बताउँदै संचारकर्मीहरुले यो समस्यालाई समाचारका रुपमा प्रमुखताका साथ उठाइदिन अनुरोध पनि गरे ।
कार्यक्रममा मञ्चमै रहेका प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई आफूहरुको समस्याप्रति पहल गरिदिन आग्रह गर्दै उनले सरकारी कार्यालयमा काम नभएको भनी गुनासो आउने गरेको तर कर्मचारी नै नभएपछि सेवाग्राहीको काम समयमै कसरी सम्भव होला भन्ने मन्त्रीतिर इंगित गरे ।
सेवाग्राहीको गुनासो आएपछि आफूहरुले विभिन्न सरकारी कार्यालयमा छड्के गर्दा कर्मचारीको पदपूर्ती नभएका कारण कार्यालयनै समस्यामा रहेको अवस्था ज्ञात भएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ