News Category 2078/09/26
प्रेस जगतको समस्या समाधानमा आफू सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह

दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रेसको अवस्था दयनिय रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित २८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले उक्त चिन्ता व्यक्त गरेका हुन् ।
मुलुकमा अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा समेत प्रेस जगतको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले तर, पनि संचारकर्मीहरुको अवस्था दयनिय नै रहेकोमा चिन्ता जताए ।
पत्रकारहरुले आर्थिक समस्या झेल्दै आएपनि जनतालाई सूचना सम्प्रेशन गर्ने काममा निरन्तर लागिरहेको बताउँदै उनले प्रेस जगतको समस्या समाधानमा आफू सहयोग गर्न तत्पर रहेको बताए ।
प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका मन्त्री साहले संचारक्षेत्रको उत्थानका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे । उनले प्रदेश २ को मिडिया काउन्सील र आम संचार प्राधिकरणका अध्यक्षलाई योजना बनाएर ल्याउन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीद्वारा स्थापित पुरस्कारको रकम बृद्धिका लागि पाँच लाख सम्मको अक्षयकोषको स्थापनामा समेत आफूले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।
सोही कार्यक्रममा प्रदेश २ आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले संचारकर्मीहरुको समस्या समाधानका लागि केही दिनभित्रै कार्यक्रम ल्याउने जानकारी दिँदै पत्रकारहरुको प्रदेशबाटै परिचयपत्र उपलब्ध गराई सोही आधारमा ७ लाख सम्मको स्वास्थ्य बीमा समेतको व्यवस्था गर्न लागिएको जानकारी दिए ।
प्रदेश २ को पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले २ करोड रुँपैया बजेट बिनियोजन गरेको जानकारी दिँदै उक्त सम्पूर्ण रकम पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि खर्चिने र यसका लागि आवश्यक योजना अन्तिम चरणमा पुगेको उनले बताए ।
सोही कार्यक्रममा वातावरण पत्रिकाका सम्पादक बैजनाथ झाद्वारा स्थापित १२ औं वातावरण पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार महेन्द्र सदालाई सम्मानित गरिएको थियो ।
पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरि भटराई, पूर्व निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, प्रेस काउन्सीलका पूर्व सदस्य अनिल कुमार अनल, प्रदेश २ पत्रकार महासंघका सचिव भोला पासवान, महासंघका पूर्व सभापति मुरलीप्रसाद यादव, विष्णु मण्डल, धिरेन्द्र प्रसाद साहलगायतले पनि आ–आफ्नो धारण सहित स्व. पत्रकार बुढाथोकीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
स्व. पत्रकार बुढाथोकीको जिवनी बारे महासंघका सल्लाहकार मनोहर पोखरेलले प्रकाश पारेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/10 ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ