News Category 2078/09/26
प्रेस जगतको समस्या समाधानमा आफू सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रेसको अवस्था दयनिय रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित २८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले उक्त चिन्ता व्यक्त गरेका हुन् ।
मुलुकमा अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा समेत प्रेस जगतको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले तर, पनि संचारकर्मीहरुको अवस्था दयनिय नै रहेकोमा चिन्ता जताए ।
पत्रकारहरुले आर्थिक समस्या झेल्दै आएपनि जनतालाई सूचना सम्प्रेशन गर्ने काममा निरन्तर लागिरहेको बताउँदै उनले प्रेस जगतको समस्या समाधानमा आफू सहयोग गर्न तत्पर रहेको बताए ।
प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका मन्त्री साहले संचारक्षेत्रको उत्थानका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे । उनले प्रदेश २ को मिडिया काउन्सील र आम संचार प्राधिकरणका अध्यक्षलाई योजना बनाएर ल्याउन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीद्वारा स्थापित पुरस्कारको रकम बृद्धिका लागि पाँच लाख सम्मको अक्षयकोषको स्थापनामा समेत आफूले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।
सोही कार्यक्रममा प्रदेश २ आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले संचारकर्मीहरुको समस्या समाधानका लागि केही दिनभित्रै कार्यक्रम ल्याउने जानकारी दिँदै पत्रकारहरुको प्रदेशबाटै परिचयपत्र उपलब्ध गराई सोही आधारमा ७ लाख सम्मको स्वास्थ्य बीमा समेतको व्यवस्था गर्न लागिएको जानकारी दिए ।
प्रदेश २ को पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले २ करोड रुँपैया बजेट बिनियोजन गरेको जानकारी दिँदै उक्त सम्पूर्ण रकम पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि खर्चिने र यसका लागि आवश्यक योजना अन्तिम चरणमा पुगेको उनले बताए ।
सोही कार्यक्रममा वातावरण पत्रिकाका सम्पादक बैजनाथ झाद्वारा स्थापित १२ औं वातावरण पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार महेन्द्र सदालाई सम्मानित गरिएको थियो ।
पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरि भटराई, पूर्व निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, प्रेस काउन्सीलका पूर्व सदस्य अनिल कुमार अनल, प्रदेश २ पत्रकार महासंघका सचिव भोला पासवान, महासंघका पूर्व सभापति मुरलीप्रसाद यादव, विष्णु मण्डल, धिरेन्द्र प्रसाद साहलगायतले पनि आ–आफ्नो धारण सहित स्व. पत्रकार बुढाथोकीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
स्व. पत्रकार बुढाथोकीको जिवनी बारे महासंघका सल्लाहकार मनोहर पोखरेलले प्रकाश पारेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ