News Category 2078/09/29
भन्सारमा निशुल्क मास्क बितरण
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्हीभन्सार चौकमा बिहिबार मास्क वितरण कार्यक्रमको आयोजना गरिएको छ ।
गाउँपालिकाको समन्वयमा जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रद्वारा उक्त मास्क बितरण कार्यक्रमको आयोजना गरिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तपाईको मास्क खै ? मास्क वितरण कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीले सर्वसाधारणलाई कोरोना महामारीबाट जोगिन निशुल्क मास्क वितरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले कोरोना महामारीबाट जोगाउन गाउँपालिकाबाट सक्दो प्रयास गरिरहेको बताउँदै आगामी तीन दिनभित्र तोपा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गर्न जानकारी समेत दिए ।
उनले महामारीबाट जोगिन सबैले आ–आफ्नो ठाउँबाट सजगता अपनाउनु पर्नेमा जोड पनि दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले तेस्रो लहरमा एक जनाले पनि ज्यान नगुमाउने गरी तयारी गर्नु आवश्यक रहेको बताए । तेस्रो लहरमा संक्रमित हुने दर अत्यधिक तिव्र गतिमा फैलिरहेको बताउँदै उनले पहिलो र दोस्रो लहरमा गरी सप्तरीले १ सय २१ जनालाई कोरोनाको कारण गुमाएकोमा दुःख प्रकट गरे ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणको क्षेत्रमा तिलाठी कोइलाडी गाउँपालिकाले उदाहरणीय काम गरेको बताउँदै प्रजिअ गौतमले गाउँपालिकाले विगतमा सञ्चालन गरे झैं यस पटक पनि होल्डिङ्ग सेन्टर र आइसोलेशन सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कोरोना महामारीको सुरुवातदेखि नै तिलाठी कोइलाडी गाउँपालिकाले सिमानाकामा हेल्थ डेस्क स्थापना गरी एन्टीजेन जाँचलाई हालसम्म पनि निरन्तरता दिएकोमा प्रशंसा गर्दै उनले यसलाई निरन्तरता दिनु आवश्यक रहेकोमा जोड दिए ।
यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले केन्द्रबाट ५० हजार भन्दा बढी मास्कल्याई सर्वसाधारणलाई सचेत गराउँदै वितरण गरिने कार्यक्रम रहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले कोरोना महामारीको तेस्रो लहरलाई ध्यानमा राखी गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा अक्सिजन प्लान्ट तथा आईसियु कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, गाउँपालिकाको वडा नं. ३ सकरपुराका वडा अध्यक्ष मनोज चौधरी, नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीसहितकाले कोरोना महामारीबाट जोगिन मास्क, स्यानिटाइजरको प्रयोग अनिवार्य रुपमा गरी भौतिक दुरी कायम गर्न सर्वसाधारणलाई सुझाव दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ