News Category 2078/09/29
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी
दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मातहातमा रहेका सरकारी गेष्ट हाउसमा चालकलाई बाधेर भाडाको गाडी लिएर फरार भएका भारतीय हतियारधारी समूहलाई प्रहरीले खोजी गर्न सक्रिय भएको छ ।
सो नगरपालिका वडा नं. ८ स्थित गेष्ट हाउसमा चालकलाई थुनेर बा.१४प. ७८३ नम्बरको स्कारपियो गाडी लिएर फरार भएका चार जनाको समूहमा रहेका अपराधी समूहको खोजी कार्य प्रहरीले तिब्र पारेको हो ।

प्रहरीका अनुसार पुस १६ गते नाम खुल्न नसकेका ती चार जना व्यक्ति घुमघामका लागि भन्दै तिलाठी कोइलाडी गाउँपालिका ५ निवासी नारायण प्रसाद राउतसँग उक्त गाडी भाडामा लिएका थिए । गाडी भाडामा लिएपछि गाडीका चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका निवासी ध्रुबकुमार खंगलाई उनीहरु वास बसेको गेष्ट हाउसकै एउटा कोठामा थुनेर गाडी लिई फरार भएको चालकको भनाईलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो वडाका अध्यक्ष रुन्दीलाल मण्डलले पुस १८ गते बिहान गेष्टहाउस पुग्दा चालक एउटा कोठामा थुनिएको र बाहिरबाट ताल्चा लागिएको अवस्था देखिएपछि तत्कालै प्रहरीलाई खबर गरि उनको उद्धार गरिएको जनाइएको छ ।
गाडी भाडामा लिने चारै जना भारतीय नागरिक रहेको र उनीहरुसँग हतियार समेत रहेको प्रहरीले जनाएको छ । चालक खंगका अनुसार रक्सीले मातेका उनीहरु करिब राती १२ बजेतिर हतियार देखाउँदै गाडीको साँचो लिएपछि हातखुट्टा बाँधेर मुख थुन्दै कोठा बाहिरबाट ताल्चा लगाइदिएका थिए ।
पुस १६ गते साँझको समयमा स्थानिय समाजसेवी इन्द्रदेव यादवले भारतबाट आएका दुई÷तीन जना पाँहुना कोठा नपाई अलपत्र परेकाले गेष्ट हाउसमा कोठा मिलाइदिन वडा अध्यक्ष मण्डललाई अनुरोध गरेपछि उक्त कोठा उनले उपलब्ध गराएका थिए । ती पाँहुनाहरु को–को थिए भन्ने बारे आफूलाई कुनै जानकारी नभएको वडा अध्यक्ष मण्डलको भनाई छ ।
यता इन्द्रदेव यादवले उनीहरु भारतको सिमराहीबाट नेपाल घुम्न आएको आफूलाई बताएको र उक्त दिन हनुमानगर बजारका सम्पूर्ण होटल लँज प्याक भई कोठा नपाएको भन्दै सहयोगका लागि आग्रह गरेपछि मानविय आधारमा वडा अध्यक्षलाई सिफारिस गरिदिएको बताएका छन् ।
प्रहरीले चालक, गाडी मालिक र कोठाका लागि सिफारिस गर्ने यादवलाई पनि झिकाई बयान लिएको छ । गाडी मालिक राउतले गाडी भाडामा लिइनेहरुलाई आफूले पनि नचिनेको प्रहरीसमक्ष बयान दिएका छन् । सीमावर्ती भारतीय बजार सिमराहीबाट नेपाल घुम्न आएको र तीन÷चार दिनका लागि भाडामा चाहियो भन्दै आएपछि आफूले भाडामा दिएको उनले बताए ।
सबैको बयानको आधारमा अपराधीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिँदै सीमावर्ती भारतीय क्षेत्रका प्रहरी र उच्च अधिकारीहरुसँग पनि समन्वय गरि खोजतलास गरिरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ