News Category 2078/09/29
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी

दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मातहातमा रहेका सरकारी गेष्ट हाउसमा चालकलाई बाधेर भाडाको गाडी लिएर फरार भएका भारतीय हतियारधारी समूहलाई प्रहरीले खोजी गर्न सक्रिय भएको छ ।
सो नगरपालिका वडा नं. ८ स्थित गेष्ट हाउसमा चालकलाई थुनेर बा.१४प. ७८३ नम्बरको स्कारपियो गाडी लिएर फरार भएका चार जनाको समूहमा रहेका अपराधी समूहको खोजी कार्य प्रहरीले तिब्र पारेको हो ।
प्रहरीका अनुसार पुस १६ गते नाम खुल्न नसकेका ती चार जना व्यक्ति घुमघामका लागि भन्दै तिलाठी कोइलाडी गाउँपालिका ५ निवासी नारायण प्रसाद राउतसँग उक्त गाडी भाडामा लिएका थिए । गाडी भाडामा लिएपछि गाडीका चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका निवासी ध्रुबकुमार खंगलाई उनीहरु वास बसेको गेष्ट हाउसकै एउटा कोठामा थुनेर गाडी लिई फरार भएको चालकको भनाईलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो वडाका अध्यक्ष रुन्दीलाल मण्डलले पुस १८ गते बिहान गेष्टहाउस पुग्दा चालक एउटा कोठामा थुनिएको र बाहिरबाट ताल्चा लागिएको अवस्था देखिएपछि तत्कालै प्रहरीलाई खबर गरि उनको उद्धार गरिएको जनाइएको छ ।
गाडी भाडामा लिने चारै जना भारतीय नागरिक रहेको र उनीहरुसँग हतियार समेत रहेको प्रहरीले जनाएको छ । चालक खंगका अनुसार रक्सीले मातेका उनीहरु करिब राती १२ बजेतिर हतियार देखाउँदै गाडीको साँचो लिएपछि हातखुट्टा बाँधेर मुख थुन्दै कोठा बाहिरबाट ताल्चा लगाइदिएका थिए ।
पुस १६ गते साँझको समयमा स्थानिय समाजसेवी इन्द्रदेव यादवले भारतबाट आएका दुई÷तीन जना पाँहुना कोठा नपाई अलपत्र परेकाले गेष्ट हाउसमा कोठा मिलाइदिन वडा अध्यक्ष मण्डललाई अनुरोध गरेपछि उक्त कोठा उनले उपलब्ध गराएका थिए । ती पाँहुनाहरु को–को थिए भन्ने बारे आफूलाई कुनै जानकारी नभएको वडा अध्यक्ष मण्डलको भनाई छ ।
यता इन्द्रदेव यादवले उनीहरु भारतको सिमराहीबाट नेपाल घुम्न आएको आफूलाई बताएको र उक्त दिन हनुमानगर बजारका सम्पूर्ण होटल लँज प्याक भई कोठा नपाएको भन्दै सहयोगका लागि आग्रह गरेपछि मानविय आधारमा वडा अध्यक्षलाई सिफारिस गरिदिएको बताएका छन् ।
प्रहरीले चालक, गाडी मालिक र कोठाका लागि सिफारिस गर्ने यादवलाई पनि झिकाई बयान लिएको छ । गाडी मालिक राउतले गाडी भाडामा लिइनेहरुलाई आफूले पनि नचिनेको प्रहरीसमक्ष बयान दिएका छन् । सीमावर्ती भारतीय बजार सिमराहीबाट नेपाल घुम्न आएको र तीन÷चार दिनका लागि भाडामा चाहियो भन्दै आएपछि आफूले भाडामा दिएको उनले बताए ।
सबैको बयानको आधारमा अपराधीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिँदै सीमावर्ती भारतीय क्षेत्रका प्रहरी र उच्च अधिकारीहरुसँग पनि समन्वय गरि खोजतलास गरिरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
- 2082/03/02 कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
- 2082/03/02 सडक दुर्घटना, ट्राफिक सचेतना लगायतका उद्देश्यले जनचेतनामूलक सडक नाटक मञ्चन
- 2082/03/02 महिला संघ क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लिला
- 2082/03/01 विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
- 2082/03/01 समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ