News Category 2078/10/07
भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
सीमावर्ती भारतीय बजारबाट भन्सार छलि चोरबाटो हुँदै टेम्पोमा ल्याउँदै गरेको लाखौं मुल्य बराबरको पान मसालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टेम्पो चालक सप्तरीको राजगढ गाउँपालिका ५ बस्ने २० वर्षिय चन्दनकुमार मण्डल र सोही गाउँपालिका ३ बस्ने ४६ वर्षिय हरिनारायण साह छन् ।
बिहीबार साँझ हुलाकी मार्ग हुँदै राजविराज प्रवेश गरेको प्रदेश–१–०२–००२ ख. २७०४ नम्बरको टेम्पोलाई राजविराज वडा नं. ७ स्थित खर्साल टोलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव काफ्लेले जानकारी दिए ।
ठूलो परिमाणमा पान मसाला ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा डिएसपीकै नेतृत्वमा खटेको टोलीले उक्त टेम्पोबाट अवैध रुपमा ल्याइएको ३ सय ३० प्याकेट रजनीगन्धा र १ सय ३६ प्याकेट तुलसी (सूर्ती) बरामद गरेको हो ।
त्यस्तै तस्करीमा प्रयोग गरिएको टेम्पोसहित बरामद सामानको ७ लाख १९ हजार ७ सय २० रुँपैया मुल्याङ्कन गरिएको छ ।
उनीहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीका लागि तिलाठीस्थित राजविराज भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ