News Category 2078/10/07
कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८
दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको शुक्रबार बिहान मृत्यु भएको छ । यो सँगै एक सातायता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका ७ का ६० वर्षिय रामरतन राम रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार कोरोना संक्रमित भई होम आइसोलेशनमा रहेका रामलाई दुई दिनअघि संक्रमण पुष्टि भएको थियो ।
यसअघि रुपनी गाउँपालिकाकी ६५ वर्षिया चमेलीदेवी साहको पनि कोरोनाका कारण ६ दिनअघि मृत्यु भएको थियो ।
यता शुक्रबार गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा ३७ जनाको स्वाव परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण्को पुष्टि भएको छ । संक्रमित हुनेहरुमा सप्तरी जिल्ला अदालतका चार जना कर्मचारी समेत छन् ।
यसअघि सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुर राजविराज इजलाशका ७ जना न्यायाधिश, प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराज सम्पर्क कार्यालयका ७५ जना सुरक्षाकर्मी, राष्ट्रिय बाणिज्य बैंकका १४ जना कर्मचारी र गजेन्द्र नारायण सिंह अस्पतालका एक जना चिकित्सकसमेत संक्रमित भई होम आइसोलेशनमा छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवका अनुसार शुक्रबारसम्ममा जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ