News Category 2078/10/09
सवारी दुर्घटनामा २ सय ९२ को मृत्यु, एक लाख ७७ हजार ५ सय ९३ थान मास्क बितरण
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
चालु आर्थिक वर्षको साउनदेखी हालसम्मको अवधीमा सवारी दुर्घटनामा २ सय ५२ पुरुष र ४७ महिलागरि २ सय ९२ जनाले ज्यान गुमाएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयद्वारा आइतबार सार्वजनिक गरिएको चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखी हालसम्मको अवधीमा भएका विभिन्न घटनाहरुको विवरण प्रतिवेदनमा सो तथ्याङ्क देखाएको हो ।
प्रतिवेदनमा ६ महिनाको अवधीमा मधेश प्रदेशका ८ वटै जिल्लामा लागुऔषधतर्फ गाँजा १ हजार ७ सय ११ किलो, ब्राउन सुगर १ सय ३४ ग्राम, चरेस ४६ किलो र हिरोइन ८३ ग्राम, डाइलेक्स डिसि ९० लिटर, विभिन्न ट्याबलेट ४० हजार ७ सय २८ पिस र इन्जेक्सन २२ हजार ४ सय ४६ पिस बरामद गरिएको जनाएको छ । यस अवधीमा लागुऔषधतर्फ ११ महिलासहित ६ सय ५ जना र भन्सार छलि अपराधमा संलग्न १ सय ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै कोभिड १९ नियन्त्रणतर्फ १ लाख ७७ हजार ५ सय ९३ थान मास्क बितरण गरिएको जनाइएको छ भने जरिवाना स्वरुप १४ लाख ६९ हजार ५ सय रुँपैया राजश्व असुल भएको जनाइएको छ भने ९ सय ५२ जना फरार अपराधी पनि पक्राउ परि ३ सय ६५ वर्ष २ महिना ३ दिन कैद वसुलका लागि कारागार चलान गरिएको प्रतिवेदनले देखाएको छ ।
यस्तै हातहतियारतर्फ ३४ जना, काठ तस्करीतर्फ २२ जना र नदीजन्य अपराधतर्फ २३ जना पक्राउ परेका छन् । यसअवधीमा विभिन्न नाकाबाट भन्सार छलि ल्याइएका १८ करोड ८ लाख ५१ हजार १ सय ५६ रुँपैयाको अवैध सरसामान जफत गरिएको छ ।
यस्तै नदीजन्य अपराधतर्फ जरिवाना वापत ११ लाख २६ हजार ८०, फरार प्रतिवादीतर्फ जरिवाना वापत ३ करोड ७९ लाख ६६ हजार ७ सय १४, काठ तस्करीतर्फ १७ लाख ९७ हजार ५ सय ७० रुँपैया राजश्व संकलन गरिएको मधेश प्रदेश प्रहरीद्वारा सार्वजनिक गरिएको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ