News Category 2078/10/09
सवारी दुर्घटनामा २ सय ९२ को मृत्यु, एक लाख ७७ हजार ५ सय ९३ थान मास्क बितरण
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
चालु आर्थिक वर्षको साउनदेखी हालसम्मको अवधीमा सवारी दुर्घटनामा २ सय ५२ पुरुष र ४७ महिलागरि २ सय ९२ जनाले ज्यान गुमाएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयद्वारा आइतबार सार्वजनिक गरिएको चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखी हालसम्मको अवधीमा भएका विभिन्न घटनाहरुको विवरण प्रतिवेदनमा सो तथ्याङ्क देखाएको हो ।
प्रतिवेदनमा ६ महिनाको अवधीमा मधेश प्रदेशका ८ वटै जिल्लामा लागुऔषधतर्फ गाँजा १ हजार ७ सय ११ किलो, ब्राउन सुगर १ सय ३४ ग्राम, चरेस ४६ किलो र हिरोइन ८३ ग्राम, डाइलेक्स डिसि ९० लिटर, विभिन्न ट्याबलेट ४० हजार ७ सय २८ पिस र इन्जेक्सन २२ हजार ४ सय ४६ पिस बरामद गरिएको जनाएको छ । यस अवधीमा लागुऔषधतर्फ ११ महिलासहित ६ सय ५ जना र भन्सार छलि अपराधमा संलग्न १ सय ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै कोभिड १९ नियन्त्रणतर्फ १ लाख ७७ हजार ५ सय ९३ थान मास्क बितरण गरिएको जनाइएको छ भने जरिवाना स्वरुप १४ लाख ६९ हजार ५ सय रुँपैया राजश्व असुल भएको जनाइएको छ भने ९ सय ५२ जना फरार अपराधी पनि पक्राउ परि ३ सय ६५ वर्ष २ महिना ३ दिन कैद वसुलका लागि कारागार चलान गरिएको प्रतिवेदनले देखाएको छ ।
यस्तै हातहतियारतर्फ ३४ जना, काठ तस्करीतर्फ २२ जना र नदीजन्य अपराधतर्फ २३ जना पक्राउ परेका छन् । यसअवधीमा विभिन्न नाकाबाट भन्सार छलि ल्याइएका १८ करोड ८ लाख ५१ हजार १ सय ५६ रुँपैयाको अवैध सरसामान जफत गरिएको छ ।
यस्तै नदीजन्य अपराधतर्फ जरिवाना वापत ११ लाख २६ हजार ८०, फरार प्रतिवादीतर्फ जरिवाना वापत ३ करोड ७९ लाख ६६ हजार ७ सय १४, काठ तस्करीतर्फ १७ लाख ९७ हजार ५ सय ७० रुँपैया राजश्व संकलन गरिएको मधेश प्रदेश प्रहरीद्वारा सार्वजनिक गरिएको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ