News Category 2078/10/10
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा डा. राउत बिरुद्ध प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव समर्थित कार्यकर्ताहरुले जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बिरुद्ध सोमबार राजविराजमा प्रदर्शन गरेका छन् ।
मन्त्री यादवमाथी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले षडयन्त्र गरेको भन्दै उनीहरु प्रदर्शनसहित नाराबाजि गरेका हुन् ।
मन्त्री यादवको समर्थनमा प्रदेश महिला संघ र समाजवादी महिला संघ सप्तरीको अगुवाईमा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको जुलुस डा. राउत बिरुद्ध नाराबाजी गर्दै बजार क्षेत्र परिक्रममा गरेको थियो ।
सो क्रममा सहभागिहरुले महिलामाथीको अभद्र व्यवहार बन्द गर, दोषिमाथी कारवाही गर लगायतका नाराबाजी गर्दै जुलुस जनआन्दोलन चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो ।
सभालाई प्रदेश सभा सदस्य अभिषेक यादव, जसपा महिला विभागकी सचिव लक्ष्मी चौधरी, समाजवादी महिला संघकी जिल्ला सचिव राखी यादव, हुनमाननगर कंकालिनी नगरपालिकाकी उपप्रमुख सरिता यादव, जसपा नेता लक्ष्मण यादव लगायतले सम्बोधन गर्दै किसान आन्दोलनका नाममा अराजक गतिविधी गर्न लागेको भन्दै त्यस्ता गतिविधी नियन्त्रण गर्नुपर्नेमा बताए । यसअघि आइतबार जनमत पार्टीका कार्यकर्ताहरुले मन्त्री यादवको पुतला दहन गदै उनको बर्खास्तीको माग गरेका छन् । माघ ५ गते बलिदानी दिवस मनाउन गौर पुगेकी मन्त्री यादवले सार्वजनिक सभाबाटै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई ज्यान मार्ने धम्की दिएको अभिव्यक्ति बिरुद्ध मन्त्री यादवको पुतला दहन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ