News Category 2078/10/13
मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन

दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
संविधान सभा सदस्य रन्जित कुमार कर्णले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई बर्खास्त गर्न माग गर्दै बिहीबार प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाएपछि नेता कर्णले गौर हत्याकाण्डको जिम्मा लिने गरि मन्त्री यादवले भाषणमा ज्यानै मार्ने धम्की समेत दिएकाले उनको मन्त्री पद खारेज गरि तुरन्तै गिरफ्तार गर्न माग समेत गरे ।
मन्त्री यादवले गत माघ ५ गते गौरमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको ज्यानै मार्ने आशयको अभिव्यक्ति दिएको भन्दै नेवि संघका पूर्व अध्यक्ष समेत रहेका संविधान सभा सदस्य कर्णले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
डा. राउतको पार्टीले किसान आन्दोलनको नाममा गरेको गतिविधीप्रति लक्षित गरेर मन्त्री यादवले ज्यानसम्म मार्ने अभिव्यक्ति दिनु अन्तराष्ट्रिय मानवअधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ ।
“नेपाल सरकार तथा सम्पूर्ण नेपालीको शिर न्युहुराउने लज्जाजनक अभिव्यक्तिप्रति घोर निन्दा एवं भत्र्सना गर्दछौं, प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा भनिएको छ ।
२०६३ चैत ७ गते गौरमा तत्कालिन मधेशी जनअधिकार फोरमले नेकपा माओवादीका २७ जना कार्यकर्ताको विभत्स हत्या गरेकोलाई नियोजित नभई “भवितब्य” भन्दै आएका वर्तमान जसपाका अध्यक्ष उपेन्द्र यादवलाई गलत सावित गर्दै पुनः त्यस्ता घटना घटाउने र त्यसमा राउत मारिन सक्ने भन्ने मन्त्री यादवको अभिव्यक्ति आपराधिक भएको ज्ञापनपत्रमा जिकिर छ ।
यसैबीच कर्णले यस घटनाको बारेमा बिहीबारै जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाक मार्फत जाहेरी समेत पठाएको जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ