News Category 2078/10/14
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
दैनिक समाचारदाता
राजबिराज, १४ माघ ।
प्रहरीले ताल्चा फुटाएर पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालकलाई सामानसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मल्हनियाका १३ र १४ वर्षिय दुई बालक छन् ।
छिमेकमै रहेको ज्ञानु साह सुडीको कृष्णा जेनरल स्टोर्समा बुधबार बिहान ३ बजेतिर पसलको ताल्चा फुटाई उनीहरुले नगद, रिचार्ज कार्ड तथा सुनचाँदीका गरगहना लगायतका सरसमान चोरेर लगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरुले चोरी गरेका सामान पनि प्रहरीले घरमै बाकस र खाटमुनी लुकाई राखेको अवस्थामा बरामद गरेको छ । उनीहरुको घरबाट सुडीको पसलमा चोरी गरिएका ४२ हजार २ सय ८० नेपाली तथा ६ हजार २ सय ७० भारतीय रुँपैया बरामद गरिएको छ ।
यस्तै सुन जस्तो देखिने ८ तोला २ आना धातुको गरगहना र ४३ तोला चाँदी जस्तो देखिने धातुको गरगहना र ६१ हजार २ सय ५० मुल्य बराबरको रिचार्ज कार्ड पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ