News Category 2078/10/14
२७ जना संक्रमित थपिए, संक्रमित महिलाको मृत्यु

दैनिक समाचारदाता
राजबिराज, १४ माघ ।
सप्तरीमा शुक्रबार एकैदिन २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै कोरोनाको तेश्रो लहरमा जिल्लामा संक्रमित हुनेको संख्या ३ सय २५ पुगेको छ ।
४५ जनाको स्वाव परिक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये कंचनरुप नगरपालिकाका सर्वाधिक १५ जना छन् । यस्तै राजविराज नगरपालिकाका ३, तिरहुत गाउँपालिका र अन्य जिल्लाका दुई÷दुई तथा हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेबरसाइन नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जना–मा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
संक्रमित मध्ये तीन जना गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशन वाडमा र अन्य सबै होमआइसोलेशनमै रहेको उनले बताए ।
सप्तरीका थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । योसँगै कोरोनाको तेश्रो लहरमा जिल्लामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
कोशी अस्पतालको आइसोलेशनमा भर्ना रहेकी सप्तरीको रुपनी गाउँपालिकाकी ७५ वर्षिया धनमन्ती देवी यादवको उपचारको क्रममा बिहीबार साँझ मृत्यु जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
संक्रमण पुष्टि भएसँगै स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई तीन दिनअघि रेफर गरि थप उपचारका लागि कोशी अस्पताल पठाइएको थियो । आइसोलेशनमा राखी उपचार चलिरहेकै बेला उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
यसअघि सोही गाउँपालिकाकी ६५ वर्षिया चमेलीदेवी साह र विष्णुपुर गाउँपालिकाका ६० वर्षिय रामरतन रामको पनि कोरोनाका कारण मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ