News Category 2078/10/14
२७ जना संक्रमित थपिए, संक्रमित महिलाको मृत्यु
दैनिक समाचारदाता
राजबिराज, १४ माघ ।
सप्तरीमा शुक्रबार एकैदिन २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै कोरोनाको तेश्रो लहरमा जिल्लामा संक्रमित हुनेको संख्या ३ सय २५ पुगेको छ ।
४५ जनाको स्वाव परिक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये कंचनरुप नगरपालिकाका सर्वाधिक १५ जना छन् । यस्तै राजविराज नगरपालिकाका ३, तिरहुत गाउँपालिका र अन्य जिल्लाका दुई÷दुई तथा हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेबरसाइन नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जना–मा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
संक्रमित मध्ये तीन जना गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशन वाडमा र अन्य सबै होमआइसोलेशनमै रहेको उनले बताए ।
सप्तरीका थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । योसँगै कोरोनाको तेश्रो लहरमा जिल्लामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
कोशी अस्पतालको आइसोलेशनमा भर्ना रहेकी सप्तरीको रुपनी गाउँपालिकाकी ७५ वर्षिया धनमन्ती देवी यादवको उपचारको क्रममा बिहीबार साँझ मृत्यु जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
संक्रमण पुष्टि भएसँगै स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई तीन दिनअघि रेफर गरि थप उपचारका लागि कोशी अस्पताल पठाइएको थियो । आइसोलेशनमा राखी उपचार चलिरहेकै बेला उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
यसअघि सोही गाउँपालिकाकी ६५ वर्षिया चमेलीदेवी साह र विष्णुपुर गाउँपालिकाका ६० वर्षिय रामरतन रामको पनि कोरोनाका कारण मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ