News Category 2078/10/16
हिन्दु राष्ट्र नेपालका लागि संघर्ष गर्न सनातन गठबन्धन गठन
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
सनातन हिन्दु राष्ट्र नेपालका लागि विभिन्न हिन्दुवादी संगठन तथा अभियान्तहरुको बैठकले सनातन गठबन्धन २०७८ को घोषणा गरि संघर्ष गर्ने भएको छ ।
राजविराजमा शनिबार १५ वटा धार्मिक संगठन एवं अभियान्ताहरुको उपस्थितिमा सनातन गठबन्धन २०७८ गठन गरि संघर्ष गर्ने घोषणा गरेको हो ।
सो बैठकले गठबन्धनको कन्द्रिय अध्यक्षमा सन्तोष पटेललाई चयन गरेको छ भने उपाध्यक्षहरुमा सतेन्द्र आर्या र मंजु मण्डललाई चयन गरेको छ । त्यस्तै महासचिवमा राजेश यादव, सचिवमा रामनाथ सनातनी, कोषाध्यक्षमा कृष्णकुमार यादव, प्रवक्ताहरुमा कृष्ण दहाल र महन्थ सत्यनारायण दासलाई चयन गरेको जनाएको छ ।
त्यस्तै गठबन्धनका केन्द्रिय सदस्यहरुमा प्रदीप यादव, पिंकी महासेठ, दिपेश साह, राजिव गुप्ता, प्रमानन्द ठाकुर, राजकुमार रौनियार तथा केन्द्रिय सल्लाहकारमा जयकुमार यादवलाई चयन गरिएको जनाइएको छ ।
गठबन्धनका अध्यक्ष सन्तोष पटेल, महासचिव राजेश यादव र कोषाध्यक्ष कृष्णकुमार यादवद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा गठबन्धनले सातै प्रदेशमा संगठन बिस्तार गर्दै सनातन धर्मको आस्था माथि आक्रमण गर्ने, बोल्ने र बिरोध गर्नेलाई कडा प्रतिकार तथा भौतिक कारवाही र भण्डाफोर गर्ने जस्ता कार्यक्रम तय गरिएको उल्लेख छ ।
विज्ञप्तिमा देशको समृद्धि, एकता, अखण्डता र राष्ट्रियताप्रति गठबन्धन पूर्ण रुपमा सजक र सचेत रहेको जनाउँदै हिन्दु राष्ट्रका लागि विभिन्न समयमा भएको आन्दोलनप्रति उच्च सम्मान व्यक्त गरिएको छ ।
सनातन गठबन्धनको उद्घाटन समारोहमा हिन्दु परिषद् नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेल, केन्द्रिय सदस्य पिंकी महासेठ, सनातन धर्म संरक्षण मंचका अध्यक्ष राजेश यादव, संयोजक सतेन्द्र आर्या, हिन्दु जागरण महासंघका अध्यक्ष अधिवक्ता बिनोद पाण्डे लगायतको दर्जनौं हिनदुवादी अभियान्ताको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ