News Category 2078/10/17
घर घरमा स्वच्छ खानेपानी पुग्यो
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
समुदायका लागि सुरक्षित खानेपानी कार्यक्रम अन्तरगत युनिसेफ, कंचनरुप नगरपालिका र समुदायको सहयोगमा पानीटैकी निर्माण गरि घर घरमा स्वच्छ खोनपानी पु¥याउन सफल भएको छ ।
जिल्लाको कंचनरुप नगरपालिका जगतपुरका १ सय ७२ घरधुरीलाई लक्षित गरि २०७७ साल फागुन ६ गतेदेखी युनिसेफ, कंचनरुप नगरपालिका र समुदायको सहयोगमा पानीटैंक तथा पाइप जडान कार्य सुरु गरिएको थियो ।
उक्त आयोजनामार्फत ३५ घनमिटर क्षमता भएको पानीटैकी निर्माण भएपछि पाइपलाईनबाट घर घरमा खानेपानी पुगेको हो ।
आयोजनाका लागि युनिसेफले ६० लाख २३ हजार, कंचनरुप नगरपालिकाले १२ लाख ४ हजार र समुदायले ८ लाख ३० हजारको सहयोग गरेको साझेदारी संस्था अरुणोदय जगतपुर खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका टिम लिडर बेदप्रसाद रौनियारले जानकारी दिए ।
उक्त खानेपानी आयोजनाले उक्त वडाका १ सय ७२ घर धुरीका १ हजार २७ हजार लाभान्वित भएको वडा अध्यक्ष रामनारायण प्रसाद साहले बताए ।
युनिसेफका स्वच्छता संयोजक बोधनारायण श्रेष्ठ, रोशन गुप्ता, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका निमित्त प्रमुख अजयकुमार कर्ण, इन्जिनियर ललितानन्द झा, पत्रकार तथा प्राविधिकसहितको टोलीले उक्त आयोजनाको सोमबार अनुगमन समेत गरेको छ ।
सोही क्रममा युनिसेफले सो वडाका १ सय ७२ विपन्न परिवारलाई स्वच्छता सम्बन्धी सामाग्रिसमेत बितरण गरेको छ । हाल कोरोनाको बढ्दै जोखिमलाई ध्यानमा राख्दै बस्तीका बासिन्दालाई स्वच्छता सम्बन्धी सुरक्षा सामाग्रि मात्र होइन सरसफाई बारे आवश्यक तालिम समेत दिइएको छ ।
कार्यक्रममा १ सय ७२ परिवारलाई बाल्टिन, टुथपेस्ट, ब्रस, काइयो, साबुन, रुमाल, सेनिटाइजर, नेलकटर लगायतका स्वच्छता सामाग्रि युनिसेफका स्वच्छता संयोजक श्रेष्ठद्वारा बितरण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ