News Category 2078/10/17
थप एक संक्रमितको मृत्यु, संक्रमितको संख्या ३ सय ६२
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
सप्तरीका एक कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका १५ का सीताराम यादव छन् । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण भई स्वास्थ्यमा जटिल समस्या देखिएपछि तीन दिनअघि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वाडमा धर्ना भएका ७० वर्षिय यादवको आइतबार राती उपचारकै क्रममा मृत्यु भएको हो ।
यसअघि रुपनी गाउँपालिकाकी ७५ वर्षिया धनमन्ती देवी यादव, सोही गाउँपालिकाकी ६५ वर्षिया चमेलीदेवी साह र विष्णुपुर गाउँपालिकाका ६० वर्षिय रामरतन रामको पनि कोरोनाका कारण मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच जिल्लामा सोमबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा २६ जनाको स्वाव परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
योसँगै जिल्लामा सोमबारसम्ममा संक्रिय संक्रमितको संख्या ३ सय ६२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ