News Category 2078/10/17
थप एक संक्रमितको मृत्यु, संक्रमितको संख्या ३ सय ६२
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
सप्तरीका एक कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका १५ का सीताराम यादव छन् । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण भई स्वास्थ्यमा जटिल समस्या देखिएपछि तीन दिनअघि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वाडमा धर्ना भएका ७० वर्षिय यादवको आइतबार राती उपचारकै क्रममा मृत्यु भएको हो ।
यसअघि रुपनी गाउँपालिकाकी ७५ वर्षिया धनमन्ती देवी यादव, सोही गाउँपालिकाकी ६५ वर्षिया चमेलीदेवी साह र विष्णुपुर गाउँपालिकाका ६० वर्षिय रामरतन रामको पनि कोरोनाका कारण मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच जिल्लामा सोमबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा २६ जनाको स्वाव परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
योसँगै जिल्लामा सोमबारसम्ममा संक्रिय संक्रमितको संख्या ३ सय ६२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ