News Category 2078/10/18
विभिन्न मुद्दामा फरार ९ प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
सप्तरी प्रहरीले विभिन्न मुद्दामा फरार ९ जना प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेहरुमा ६ जना कर्तव्य ज्यान तथा तीन जना लुटपिट मुद्दाका फरार प्रतिवादीहरु रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसरी पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान मुद्दाका सप्तरीको राजगढ गाउँपालिका वडा न.६ बस्ने राम किसुन खंग, शिव देव खँग, गर्भी खंग, राम सेवक खंग, हरी किसुन खंग र लोचन खंग रहेका छन् ।
यसैगरि लुटपिट मुद्दाका फरार प्रतिवादीहरु सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.२ बस्ने दयावती बि.क., बिरेन्द्र बि.क. र दुलारी देवी बि.क. रहेका छन् ।
फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत पक्राउ परेका सबै जनालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई जरिवाना असुल गराइने प्रहरीले जनाएको छ ।
पक्राउ परेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरुबाट ५ सय र लुटपिट मुद्दाका प्रतिवादीहरुबाट रु. २१ र ५० जरिवाना असुल गराइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ