News Category 2078/10/18
१२ देखि १७ बर्ष उमेर समुहलाई कोभिड १९ बिरुद्धको मोर्डन खोप लगाईदै
चन्दनकुमार यादव
राजविराज, १८ माघ ।
सप्तरीमा मंगलबारदेखी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ बिरुद्धको खोप लगाउने कार्य सुरू गरिएको छ ।
ती उमेर समूहका बालबालिकाहरुलाई जिल्लाको विभिन्न बिद्यालयहरूमा कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।
१७ बर्ष मुनी उमेर समूहका बालबालिकालाई सम्बन्धित स्थानीय तहले तोकेका विद्यालय वा स्वास्थ्य संस्थामा खोप कार्यक्रम सुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
मंगलवारदेखी ९ वटा स्थानिय तहका सबै बिद्यालयहरूमा खोप केन्द्र राखेर तीन दिनसम्म खोप लगाउने तालिका रहेको उनले बताउँदै उनले यसअघि बिष्णुपुर गाउपालिका र अग्नीसाईर कृष्णासवरण गाउपालिकामा ५ हजार बालवालिकाहरूलाई मोडर्न खोप लगाईसकेको जानकारी दिए ।
राजविराज, सप्तकोशी, सुरुङ्गा, हनुमाननगर कंकालिनी र खडक नगरपालिका तथा तिलाठी कोइलाडी, तिरहुत र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ गतेदेखि २० गतेसम्म खोप लगाइदैछ ।
त्यस्तै, शम्भुनाथ, डाक्नेश्वरी र बोदे बरसाइन नगरपालिका तथा रुपनी, विष्णुपुर, छिन्नमस्ता, राजगढ र बलान विहुल गाउँपािलकामा १९ गतेदेखि २१ गतेसम्म खोप लगाउने तालिका रहेको स्वास्थ्य कार्यालयको सूचनामा उल्लेख छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार सप्तरीमा ८२ हजार बालवालिकाहरूलाई मोर्डन खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म ७९ हजार २ सय खोप आईसकेको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ