News Category 2078/10/19
कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुग्यो, कोरोना निको हुनेको संख्या एक सय एक
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
कोरोनाको तेश्रो लहरमा सप्तरी जिल्लामा संक्रमित भई ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
पछिल्लो पटक कोरोना संक्रमण भई उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वाडमा भर्ना भएकी एक महिलाको उपचारकै क्रममा मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तीन दिनअघि कोरोना संक्रमित भई स्वास्थ्यमा जटिल समस्या देखिएपछि सो अस्पतालमा रेफर गरिएकी सप्तरीको हनुमानर कंकालिनी नगरपालिका ७ की ७१ वर्षिया उर्तिदेवी मण्डलको उपचारकै क्रममा मंगलबार राती मृत्यु भएको छ ।
यसअघि कोरोनाकै कारण जिल्लाको रुपनी गाउँपालिकाकी ७५ वर्षिया धनमन्ती देवी यादव, सोही गाउँपालिकाकी ६५ वर्षिया चमेलीदेवी साह, राजविराज नगरपालिका १५ का सीताराम यादव र विष्णुपुर गाउँपालिकाका ६० वर्षिय रामरतन रामको पनि कोरोनाका कारण मृत्यु भइसकेको छ ।
कोरोना निको हुनेको संख्या एक सय एक
स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालमा ८ जनाको स्वाव परिक्षण गर्दा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक महिला र तीन पुरुष छन् ।
यस्तै कोरोनाको तेश्रो लहरमा कुल ३ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय १ जना निको, ५ जनाको मृत्यु र बाँकी २ सय ६७ जना होम आइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ