News Category 2078/10/19
विद्यालयको राम्रै भवन भत्काएर सोही ठाउँमा अर्को भवन बनाइदै, भवन निर्माण बारे कुनै जानकारी छैन् ः गापा अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
सप्तरीको महादेवा गाउँपालिका १ स्थित नर बहादुर थापा जनता माध्यमिक विद्यालय पकरी गोठ सोनराको राम्रै अवस्थामा रहेको दुई कोठे भवन भत्काई नयाँ भवन निर्माण भइरहेको छ ।
केही वर्ष अघि मात्र आर.आर.एन.को सहयोगमा ८ लाखको लागतमा निर्माण भएको उक्त दुई कोठे भवनलाई भत्काएर सोही ठाउँमा मधेस सरकारको ५० लाखको लागतमा नयाँ भवन निर्माण गर्न लागिएको हो ।
स्थानिय सरकारको क्षेत्राधिकार भित्र सरकारी तथा गैरसरकारी कुनै किसिमको निर्माण कार्य सार्वजनिक खरीद ऐन र नियमावलीको अधिन भित्र गर्नु पर्ने प्रावधानलाई वेवास्था गर्दै विद्यालयका प्रधानाध्यापक प्रदिपकुमार चौधरी र विद्यालय Þव्यवस्थापन Þसमितिले अटेर गरेको स्थानियको आरोप छ ।
गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवसँगं यस विषयमा बुभ्mदा आफुलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । यस्तै गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादवले पुरानो भवन भत्काएर नयाँ भवन निर्माण कार्य अगाडी बढाउँदा समेत गाउँपालिकालाई कुनै किसिमको जानकारी नभएको बताएका छन ।
विद्यालयको भवन भत्काउन सार्वजनिक खरीद ऐन र नियमावली विपरित प्रधानाध्यापक ,विद्यालय व्यवस्थापन समितिले जथाभावी मोनोपोली गरेको भन्दै स्थानिय विधानन्द यादव, विनोद यादव, अरुण यादव, शंकर सदा, प्रमेश्वर सदा, अरुण महतो, राधेश्याम यादव, पत्रकार देवराम यादव, राम गति यादव, रमेश यादव, छेदी यादव, विन्देश्वर यादव, अरुण यादव (पकरी), पंकज यादव, राम कुमार यादव, देवराम यादव, मोÞफिरयाद, मोÞ ईस्माइल, श्रवण यादवलगायतका ब्यक्तीहरु गापा अध्यक्ष दिपक कुमार यादव डेलिगेशन समेत गएका छन् ।
सोही डेलिगेशनकै क्रममा सव ईन्जिनियर रविन्द्र कुमार मण्डलले भत्काइएको उक्त भवन राम्रै अवस्थामा रहेकोले भवन भत्काउनुको कुनै औचित्य नरहेको जानकारी दिए ।
आर.आर.एन.को सहयोगमा निर्माण भएको दुई कोठे भवन राम्रो अवस्थामा रहेको र लामो समयसम्म पठन पाठन गर्न योग्य रहेको जनाउँदै स्थानीय केही व्यक्तिहरुले राजनीतिक आडमा सो भवन भत्काइ नया भवन निर्माण गर्न लागेको स्थानिय विद्यानन्द यादवले बताए ।
यति मात्र नभएर उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादव, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सन्तोष यादव, इन्द्रदेव यादव, जोगेन्द्र यादवलगायतले जथाभावी भवन भत्काउनुको साथै विभिन्न जातका रुख समेत कटान गरेको स्थानियहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ