News Category 2078/10/20
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
व्यवस्थापन समितिको चुनाव नगराएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडास्थित एसएलपी माध्यमिक विद्यालयका अभिभावकहरु तीन दिनदेखी अनसनमा बसेका छन् । बिहीबार लगातार तेश्रो दिन पनि अनसनलाई निरन्तरता दिएका उनीहरुले माग पुरा नभए आमरण अनसनमा बस्ने घोषणा समेत गरेका छन् । बिहीबारको अनसनमा स्थानिय अभिभावक महेश्वर प्रसाद महतो, सियाराम यादव, प्रमेश्वर मण्डल, बिरेन्द्र दास, जयलाल यादव लगायत बसेका छन् ।
२०७३ सालमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएपनि पाँच वर्ष बित्न लाग्दा समेत निर्वाचन गर्न आलटाल गरेको स्थानिय अभिभावकको आरोप छ । उनीहरुले व्यवस्थापन समिति गठन नहुँदा विद्यालयका सयौं विद्यार्थी प्रदेश तथा संघीय सरकारबाट पाउने विभिन्न सेवा सुविधाबाट बञ्चित हुने गरेको गुनासो समेत गरेका छन् ।
स्थानिय अभिभावक रामचन्द्र महेताले व्यवस्थापन समिति गठन नभएकै कारण प्रदेश सरकारबाट बेटी पढाउ बेटी बचाऊ अभियान अन्तरगत छोरीहरुले पाउने साइकल लगायतका अन्य सुविधा पाउन नसकेको गुनासो गरे ।
यसअघि पटक पटक भएको अभिभावक भेलाबाट समयमै सहमतिबाट नभए निर्वाचन प्रक्रियाबाट व्यवस्थापन समिति गठन गर्नु पर्ने समझदारी भएपनि कार्यान्वयन हुन नसक्दा बाध्य भई अनिश्चितकालिन रिले अनसन सुरु गरेको र अविलम्ब माग पुरा नगरिए आमरण अनसनमा बस्ने तयारी गरिएको अर्का अभिभावक महेश्वर प्रसाद महतोले बताए ।
विद्यालय प्रशासन र नगरपालिका समेत निर्वाचन गराउन उदासिन रहेको अभिभावकहरुको आरोप छ । विद्यालयका प्रधानाध्यापक देवु यादवले कोरोनाका कारण विद्यालय व्यवस्थापन समितिको निर्वाचन समयमै गराउन नसकिएको लाचारी व्यक्त गरे.का छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ