News Category 2078/10/20
जनमत पार्टीद्वारा राजमार्ग ठप्प, प्रहरीसँगको झडपमा एक घाइते, एक दर्जन पक्राउ

दैनिक समाचारदाता
राजविराज, २० माघ ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले बिहीबार बिहानैदेखी पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको विभिन्न स्थानमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् ।
किसानसँग सम्बन्धीत विभिन्न माग लिएर आन्दोलनमा उत्रेको जनमत पार्टीले बिहीबारदेखी राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको हो ।
यस क्रममा जिल्लाको भारदह, रुपनी, कल्याणपुर, पोर्ताहा लगायतका स्थानमा बिहानैदेखी जनमत पार्टीका कार्यकर्ताहरु टायर बालेर प्रदर्शन गर्नुका साथै आवागमन समेत अवरुद्ध पारेका छन् ।
जनमतका कार्यकर्ताहरुले विहानैदेखि लोकमार्गमा टेन्ट लगाएर बसेका कार्यकर्ताहरुले लोकमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् । किसान आन्दोलन झण्डै डेढ महिनादेखि भइरहँदा पनि सरकारले आफूहरुको माग नसुनेको भन्दै किसानहरु लोकमार्ग बन्द गरी प्रदर्शनमा उत्रेका हुन् ।
आवागमन खुलाउने प्रहरीले बल प्रयोग गर्दा सप्तरीको भारदहमा जनमत पार्टीका कार्यकर्ता शंकर खडगा घाइते भएका छन् । उनको खुटामा गम्भिर चोट लागेपछि शल्यक्रिया गरिएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले गाडी खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा भाग्ने क्रममा जनमतका एक जना कार्यकर्ताको घाइते भएको तथा तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
जनमत पार्टीका जिल्ला सचिव थानेश्वर साहले भारदहबाट जनमतका ललित यादव, पिंकु मण्डल, नरेश अधिकारी तथा रुपनीबाट रामअवतार यादव सन्तोष इशर, महेश यादव, कुशेश्वर माझी लगायत एक दर्जन कार्यकर्ता पक्राउ जानकारी दिएका छन् ।
यस्तै सिरहाको लहानबाट सप्तरीको सुरुङ्गा नगरपालिकाका अध्यक्ष संजय साहलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच राजमार्गमा आवागमन सुचारु गराउन प्रहरीले ठाउँ ठाउँमा बल प्रयोग गर्नुपर्दा दिनभर स्थिति तनावपूर्ण थियो । राजमार्ग बन्द सफल पार्न गाउँ गाउँबाट संयौको संख्यामा जनमत पार्टीका कार्यकर्ताहरु बिहानैदेखी प्रदर्शनमा उत्रेका थिए ।
जनमत पार्टीले किसानलाई समयमा मलखाद उपलब्ध गराउन, उखु किसानको भुक्तानी गराउन, किसान कार्डको व्यवस्था गर्न, किसानलाई पेन्सनको व्यवस्था गर्न, कृषिकलाई निःशुल्क विजुली दिनलगायतको माग राख्दै किसान आन्दोलन गर्दै आएका छन् ।
पुस ९ गतेदेखि किसानहरुले विभिन्न चरणको विरोधका कार्यक्रमहरु गरिसके पनि सरकारले मागप्रति सुनवाई नगरेपछि विहीबारबाट सडकमै बस्ने खाने गरी लोकमार्ग अवरुद्ध गरेर प्रदर्शन सुरु भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ