News Category 2078/10/23
दरभंगाकी मेयरलाई राजविराज नगरपालिकाद्वारा अभिनन्दन
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
राजविराज नगरपालिकाले छिमेकी मुलुक भारत बिहार राज्य अन्तरगत दरभंगाकी मेयर मुन्नी देवीलाई आइतबार अभिनन्दन गरेको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवलले नगरपालिकामा आयोजित एक कार्यक्रमबीच उनलाई अभिनन्दन गरेका हुन् ।
अभिनन्दन समारोहमा बोल्दै दरभंगाकी मेयर मुन्नी देवीले नेपाल भारतबीच रहेको घनिष्ट सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि आफूले सक्दो प्रयास गर्ने बताइन् ।
रोटी बेटीको सम्बन्धलाई अझै घनिष्ट बनाउनका लागि आफ्नो क्षेत्रबाट सदा प्रयत्नशिल रहने बताउँदै उनले सप्तरी र भारतको सीमावर्ती कुनौली बजार क्षेत्र जोड्ने जीर्ण पुलको मरमत सम्भार गरी नयाँ संरचनाको नेपाल भारतमैत्री पुल निर्माणका लागि आफूले पहल गर्ने समेत बताइन् ।
अभिनन्दन समारोहमा राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले दुई छिमेकी मुलुकबीचको सम्बन्धलाई विगार्न विभिन्न चलखेल हुने गरेको बताउँदै यसबाट दुई देशका नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज मुन्धडाले पाहुना भारतीय मेयरलाई मायाको चिनो प्रदान गरे । कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, समाजसेवी उमेश साह लगायतले पनि शुभकामना दिएका थिए । यसअघि मेयर मुन्नी देवीले सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पुगेर पुजापाठ गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ