News Category 2078/10/23
दरभंगाकी मेयरलाई राजविराज नगरपालिकाद्वारा अभिनन्दन

दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
राजविराज नगरपालिकाले छिमेकी मुलुक भारत बिहार राज्य अन्तरगत दरभंगाकी मेयर मुन्नी देवीलाई आइतबार अभिनन्दन गरेको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवलले नगरपालिकामा आयोजित एक कार्यक्रमबीच उनलाई अभिनन्दन गरेका हुन् ।
अभिनन्दन समारोहमा बोल्दै दरभंगाकी मेयर मुन्नी देवीले नेपाल भारतबीच रहेको घनिष्ट सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि आफूले सक्दो प्रयास गर्ने बताइन् ।
रोटी बेटीको सम्बन्धलाई अझै घनिष्ट बनाउनका लागि आफ्नो क्षेत्रबाट सदा प्रयत्नशिल रहने बताउँदै उनले सप्तरी र भारतको सीमावर्ती कुनौली बजार क्षेत्र जोड्ने जीर्ण पुलको मरमत सम्भार गरी नयाँ संरचनाको नेपाल भारतमैत्री पुल निर्माणका लागि आफूले पहल गर्ने समेत बताइन् ।
अभिनन्दन समारोहमा राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले दुई छिमेकी मुलुकबीचको सम्बन्धलाई विगार्न विभिन्न चलखेल हुने गरेको बताउँदै यसबाट दुई देशका नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज मुन्धडाले पाहुना भारतीय मेयरलाई मायाको चिनो प्रदान गरे । कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, समाजसेवी उमेश साह लगायतले पनि शुभकामना दिएका थिए । यसअघि मेयर मुन्नी देवीले सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पुगेर पुजापाठ गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ