News Category 2078/10/23
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
सप्तरीको बोदेबरसाइन नगरपालिका १ धनगढीमा देवरले भाउजुमाथी पेट्रोल छर्केर आगो लगाउँदा जलेर गम्भिर भएकी उनको उपचारको क्रममा मृत्यु भएको छ । सोही आगोले जलेर अढाई वर्षिया छोरी समेत घाइते भएकी छिन् ।
तीन दिनअघि देवर परमेश्वर साहले २७ वर्षिया भाउजु राजकुमारीलाई पेट्रोल छर्केर आगो लगाइदिएपछि शनिबार राती उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकका पति रबिनले पत्नी राजकुमारीले काँखे छोरीलाई लिएर खाना पकाउँदै गरेको बेला भाईले आगो लगाइदिएपछि छोरीलाई उनले काँखबाट हुत्याइदिएकी थिइन् । आगोले छोरीको ढाड र खुट्टासमेत जलेको तथा घाइते भएकी छोरीको स्थानिय प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार गरिएको उनले जानकारी दिए ।
पति रबिनका अनुसार तिन दिनअघि आफू घर बाहिर गएको बेला भाउजुले आफू बिरुद्ध कुरा लगाएर दाईलाई उक्साएको भन्दै पत्नी राजकुमारीलाई माघ २१ गते बिहान घरमा खाना पकाउँदै गरेको बेला भाई परमेश्वरले पेट्रोल छर्केर आगो लगाइदिएको बताएका छन् ।
जिउको अधिकांश भाग जलेर गम्भिर अवस्थामा पुगेकी राजकुमारीलाई सुरुमा कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । पछि त्यहा उपचार सम्भव नभएपछि बिराटनगरस्थित म्याक्स अस्पतालमा लगिएपनि उनको मृत्यु मृत्यु भएको मृतक राजकुमारीकी पति रबिनले जानकारी दिएका छन् ।
यता बिराटनगर अस्पतालमा उपचारकै क्रममा प्रहरीले बयान लिँदा राजकुमारीले देवर परमेश्वरले नै आगो लगाएको बयान दिएको पति रबिनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले सो घटना बारे जाहेरी आएको बताउँदै परमेश्वर हाल फरार भएका कारण उनको खोजि कार्य तिब्र पारिएको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ