News Category 2078/10/24
खेलाडी सम्मानित, जेष्ठ नागरिकलाई कम्बल बितरण
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
राजबिराज नगरपालिका वडा नं. ११ ले भारोत्तोलन राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल ल्याएका खेलाडीहरुलाई सम्मान गरेको छ ।
सो वडाका अध्यक्ष संजय कुमार यादबले ९० केजी तौल (सिनियर) र ५५ केजी समुहमा नेपाल प्रथम गरी गोल्ड मेडल प्राप्त गरेका क्रमशः संजय कुमार यादव तथा दिलिप यादबलाई सम्मान पत्र र डे«सबाट सम्मान गरेका हुन् ।
त्यस्तै भारोत्तोलन संघका सहायक प्रशिक्षक पुन्तीलाल यादबलाई समेत सम्मान पत्रसहित ड्रेसवाट सम्मान गरिएको छ ।
आयोजित कार्यक्रममा सो वडाका सबै जेष्ठ नागरिकहरूलाई कम्वल बितरण पनि गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा राजबिराज नगरपालिका नगरप्रमुख शम्भु प्रसाद यादब, वडा अध्यक्ष संजय यादबले स्थानिय जेष्ठ नागरिकहरूलाई कम्बल बितरण गरेको छन । केही दिनदेखि बढेको चिसो कारण जनजिवन कष्टकर भईरहेको समयमा जेष्ठ नागरिकलाई चिसो छल्न कम्वल बितरण गरिएको जनाइएको छ ।
वडाका जेष्ठ, एकल महिला, पुर्णअपांग, असहाय, गरिव, बिपन्नसहित सामाजिक सुरक्षा भत्ता पाउने दलित, मुस्लिम लगायतलाई एक÷एक थान कम्वल बितरण गरिएको हो ।
यसैगरी अध्यक्ष यादबले नेपाल सरकारद्वारा एमबिएस अध्ययन गर्न फुलस्कलरसीपमा नाम निकाल्न सफल स्थानिय राहुल यादबलाई पनि सम्मान गरेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ