News Category 2078/10/24
सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडियो

दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडिएको छ । प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा मकवानपुरको आयोजनामा कोशी नदीमा रहु र नैनी जातका ३० हजार माछाका भुरा कोशी नदीमा सोमबार छाडिएको हो ।
माछाका भुरा छाडने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षका वाडेन रामचन्द्र खतिवडाले कोशी नदीमा प्रदुषणले गर्दा माछाको कमी भएको कारण यहाँ माछाका भुरा छाडिएको बताए ।
प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा कार्यालयले अघि नारायणी नदीमा ४० हजार भुरा छोडेको थियो भने मकवानपुरको सामारी नदीमा पनी ३४ हजार माछाका भुरा छाडेका थिए ।
साना माछा मार्ने काम गरेमा माछाको बिद्र्धबिकास हुनमा समस्या हुनेृ बताउदै कोशी नदीमा कोशी टप्पु वन्यजन्तुको अगुवाइमा यसअघि २० वटा घडियाल गोही समेत छाडिएको उनले बताए । उनले माछा र घडियाल गोहीको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन ।
जलिय जैबिक बिविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रीत समुदायको आय स्तर अभिबृद्धिका लागि स्थानिय जातको माछा नदीमा छाडिएको प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडाका कार्यालय प्रमुख सरोज कुमार यादवले बताए ।
खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर विकासका लागि आफुहरुले यो कार्यक्रम गरेको कार्यालय प्रमुख यादवको भनाई छ ।
कोशी नदीमा माछाको भुरा छाडने कार्यक्रममा हनुमानगर कंकालिनी नगरपालिकाका उपमेयर सरिता यादव, मत्स्य बिकास केन्द्र फत्तेपुरका प्रमुख भुपनारायण मण्डल, पत्रकार भुपदेव माली र राससका समाचारदाता अरुण कुमार यादव लगायत स्थानियबासी भरभलाआदमी लगायतका उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ