News Category 2078/10/24
उपाध्यक्षद्वारा गरिएको तालाबन्दीले गाउँपालिकाको कामकाज प्रभावित
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा उपाध्यक्षले गरेको तालाबन्दीका कारण कार्यालयको कामकाज प्रभावित भएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले चौथो पटक विहीबार गाउँपालिकाको योजना शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्दा कामकाज प्रभावित बन्न पुगेको हो ।
उनले आफूलाई सूचना नदिएको तथा कर्मचारीले पनि उपेक्षा गर्ने गरेको भन्दै महत्वपूर्ण निर्णयहरु गर्दा आफूलाई सहभागि नगराइएको र सूचना माग्दा अध्यक्ष र कर्मचारीसमेतले अटेर गर्ने गरेको आरोप लगाएकी छिन् ।
यसअघि पनि उनले सोही कारण देखाउँदै तीन पटक तालाबन्दी गरिसकेकी छिन् । तर, पुनः सोही कारण देखाएर गरेको तालाबन्दी माग पुरा नभएसम्म नखोलिने अडान लिएकी छिन् ।
यता गाउँपालिकाका अध्यक्ष सतिह कुमार सिंहले उपाध्यक्षको कुनै अधिकार कटौती नगरिएको र उनले मागेको सूचना समयमै उपलब्ध गराइएको दाबी गरेका छन् । उपाध्यक्ष स्वयंम तथा उनका केही आसेपासेले गाउँपालिकाको बजेटबाट गरेको विकास निर्माणको काममा गुणस्तरियता बारे कडाई गर्दा पूर्वाग्रही ढंगले अघि बढेको आरोप पनि लगाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ