News Category 2078/10/27
एकलौटी ढंगले व्यवस्थापन समिति गठन गरेको भन्दै विद्यालयमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित श्री लक्ष्मी नरसिंह बल्लभ उच्च माबि बभनगामा कट्टीमा बिहीबार स्थानिय अभिभावकहरुले प्रधानाध्यापकको कार्यकक्ष तथा लेखा शाखा फाँटमा तालाबन्दी गरेका छन् ।
एकलौटी र मनपरी ढंगले व्यवस्थापन समिति गठन गरिएको, ऐन कानुन मिचेर करारमा कर्मचारी नियुक्त गरेको लगायतका आरोप लगाउँदै अभिभावकहरुले ताबलाबन्दी गरेका हुन् ।
पटक पटक प्रधानाध्यापक विपिन झा र व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीलाई सचेत गराउँदा पनि अटेर गरेकाले बाध्य भई तालाबन्दी गर्नुपरेको स्थानिय अभिभावक उपेन्द्र यादवले बताए ।
अर्का अभिभावक प्रकाश मण्डलले विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियादेखी कर्मचारी नियुक्ती तथा भौतिक पूर्वाधार निर्माणमा समेत अनियमितता भएको दाबी गर्दै उच्च स्तरिय छानबिन हुनुपर्ने माग गरे ।
यसअघि सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एसएलपी मावि पत्थरगाढामा व्यवस्थापन समितिको निर्वाचन र आर्थिक अनियमितताको छानबिनको माग गर्दै अभिभावकहरुले गरेको रिले अनशन बुधबार तोडिएको छ ।
आगामी फागुन ९ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचन गराउने सहमति भएपछि अनशन तोडिएको डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले जानकारी दिएका छन् ।
तीन वर्षे कार्यकाल सकेको दुई वर्षभन्दा बढी भइसक्दा पनि विद्यालय व्यवस्थापन समितिको अर्को निर्वाचन गराउन आलटाल गरेको र आर्थिक अनियमितता समेत गरेको भन्दै स्थानिय अभिभावकहरुले विद्यालयको प्रवेशद्वारमै रिले अनशन सुरु गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ