News Category 2078/11/01
लागुऔषधसहित पक्राउ परेकालाई अवरोधका बीच ल्याइयो

दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
केही स्थानियको अवरोधका बीच लागुऔषधसहित फेला परेका एक युवकलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
सप्तरीको राजगढ गाउँपालिका १ झुटकीका २४ वर्षिय शिवशंकर यादवलाई प्रहरीले पक्राउ गर्न खोज्दा शनिबार राती स्थानियहरुले अवरोध गरेका थिए ।
प्रहरीलाई अवरोध गरेको खबर आएपछि राती नै थप प्रहरी पठाई यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । उनले अपराधीलाई कसैले पनि संरक्षण र प्रोत्साहन नगर्न आग्रह समेत गरेका छन् ।
विशेष सूचनाको आधारमा पुगेको प्रहरीले यादवको घरको शौचालयको छेउमा लुकाइ राखिएको कालो झोलामा प्रतिबन्धित लागुऔषध फेनारगन ९७ एमपुल र डाइजेपाम ९९ एमपुल बरामद गरेको थियो ।
पक्राउ परेका यादवलाई आइतबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिए पनि मधेश प्रदेशमा बिदा परेका कारण सोमबार मात्र उपस्थित गराउने डिएसपी काफ्लेले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
- 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
- 2082/04/09 शिक्षक राय मृत फेला
- 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ