News Category 2078/11/01
एमसीसी बिरुद्ध सत्ता गठबन्धनका एक पक्षको जनवर्गिय संगठनद्वारा बिरोध
दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
एमसीसी बिरुद्ध सत्ता गठबन्धनका एक पक्षको जनवर्गिय संगठनले आइतबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत (समाजवादी) निकट नेपाल बुद्धिजिवि परिषद्, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल महिला संघ, यूवा संघ नेपाललगायत जनवर्गिय संगठनहरुले संयुक्त रुपमा एमसीसी बिरुद्ध प्रदर्शन गर्दै बिरोध सभा गरेका छन् ।
स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको सो बिरोध जुलुसका सहभागिहरुले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, नो एमसिसिलगायत नारा अंकित प्लेकार्डसहित नगर क्षेत्रको परिक्रमा गरेका थिए ।
नगर परिक्रमा पश्चात् जनआन्दोलन चौकमा नेकपा एकिकृत (समाजवादी)ं निकटका नेपाल बुद्धिजिवि परिषद् समाजवादीका सप्तरी अध्यक्ष अनिलकुमार अनलको अध्यक्षतामा आयोजित बिरोधसभामा नेपाल बुद्धिजिवि परिषद् समाजवादीका सचिवालय सदस्य नथुनी दास, महिला संघकी सप्तरी अध्यक्ष ममता चौधरी, यूवा संघ नेपालका आनन्ददेव यादव, नेपाल राष्ट्रिय शिक्षक संगठनका कौशलेन्द्र कुमार यादव लगायतले यथास्थितिमा एमसिसि कुनै पनि हालतमा पारित गर्न नहुनेमा जोड दिएका थिए । उनीहरुले एमसीसीकै कारण गठबन्धन भत्कियो भने बरु सत्ता छाड्न पनि तयार रहन आफ्ना नेताहरुलाई सचेत गराएका थिए ।
काँग्रेसले २०७६ पुस १७ मै केन्द्रिय समितिको बैठकबाट एमसीसी पास गर्ने निर्णय गरेको थियो । सत्तासिन दल नेपाली काँग्रेसले बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसी बिशुद्ध आर्थिक परियोजना भएको दाबी गर्दै सम्झौता पारित गराउन सक्रियता बढाइरहेको बेला उक्त बिरोध प्रदर्शनले गठबन्धन भत्किने सम्भावना पनि बढ्दै गएको स्थानिय बुद्धिजिविहरुको भनाई छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले आइतबारै एमसीसी बिरुद्ध जिल्लाको शम्भुनाथ नगरपालिकास्थित ट्राफिक बजारमा बिहान ९ बजे देखि ११ बजे सम्म दुई घण्टा सडक अबरुद्ध पारेको नगर अध्यक्ष जितेन्द्र गुप्ता (नुनु) ले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ