News Category 2078/11/09
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
सप्तरीको सप्तकोशी नगरपालिकामा आइतबार ताला लगाउने र खोल्ने पक्षबीच झडप भएको छ । सो झडपमा एक वडाअध्यक्षसहित दुई जना घाइते भएका छन् ।
६ सूत्रिय माग राखी बिहीबार नगरपालिकामा चार दलिय गठबन्धनले तालाबन्दी गरेको थियो । तर, शुक्रबार अर्कोपक्षले जबरजस्ती ताला फोडेर कार्यालय संचालन गरेका थिए । सोही विषयलाई लिएर दुबैपक्षबीच झडप भएको हो ।
झडपमा आन्दोलनकारी पक्षका सप्तकोशी नगरपालिका वडा ४ का वडाअध्यक्ष बद्री नारायण चौधरी र वडा ९ का किशुन यादव घाइते भएको प्रहरीले जनाएको छ । टाउको फुटेका दुबै जनाको स्थानिय फत्तेपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनकारीले जबरजस्ती ताला खोल्ने पक्षले आक्रमण गरि घाइते बनाएको दाबी गरिरहँदा ताला खोल्ने पक्षले आन्दोलनकारीले नै जथाभावी गरेको ढुंगामुढाबाट ती दुबै घाइते भएको दाबी गरेको छ ।
यसैबीच प्रदर्शनकारीले हानेको ढुंगा लागेर नगरकार्यपालिकाको डिजिटल बोर्ड तथा विभिन्न शाखाको झ्यालका सिसाहरु समेत फुटेको नगर प्रमुख उत्तम गौतमले बताए । दुबै पक्षबीच आन्दोलन चर्किदै जाँदा ठूलो संख्यामा सशस्त्र तथा नेपाल प्रहरी परिचालन गरिएको थियो ।
सत्तासिन गठबन्धन नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले विभिन्न ६ बुँदे माग राख्दै बिहीबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।
त्यसको भोली पल्टै शुक्रबार एकपक्षिय रुपमा जनप्रतिनिधिले ताला फुटाई कामकाज सुरु गरेपछि विवादले उग्र रुप लिएको चार दलद्वारा गठित संघर्ष समितिका संयोजक युवराज खनालको भनाई छ ।
आर्थिक वर्ष २०७८÷७९ मा नगर सभाद्वारा नगरका ११ वटै वडाका लागि तय गरिएको योजना कार्यान्वयनमा ल्याउनु पर्ने, महालेखा तथा आन्तरिक लेखा परिक्षकका क्रममा ठहर भएका बेरुजु विवरण सार्वजनिक गर्नुपर्ने, विभिन्न समयमा खरीद गरिएको उपकरणहरुको खरीद प्रक्रिया तथा कर्मचारी नियुक्ति लगायतका प्रकरणको छानबिन हुनुपर्ने लगायतका माग राखी गत माघ २४ गते नै नगर प्रमुखलाई संघर्ष समितिले ज्ञापन पत्र बुझाएको थियो । तर वेवास्ता गरेको र लगाएको ताला पनि एकपक्षिय ढंगले फुटाईदिएकाले बाध्य भई जनता सडकमा उत्रेको आन्दोलनरत पक्षको भनाई छ ।
यता नगरप्रमुख गौतमले वार्तामा बोलाउदा पनि ताला लगाउने पक्ष नआउँदा सेवाग्राही मारमा परेकाले ताला तोडिएको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ