News Category 2078/11/10
माग सम्बोधन नभएको भन्दै मजदुर संघ आन्दोलित

दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
अखिल नेपाल विद्युतीय रिक्सा अटो टेम्पो मजदुर संघ सप्तरीले आफ्नो माग सम्बोधन नभएको भन्दै मंगलबार राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
स्थानिय शिवमन्दिरको प्राङ्गणबाट सो जुलुस निकालिएको हो । गत माघ १८ गते नगरको समस्याहरु बारे विभिन्न ८ सुत्रिय माग राख्दै राजविराज नगरपालिका कार्यालयमा बुझाएको ज्ञापन पत्रको सुनुवाई नभएको भन्दै पुनः सोही माग राख्दै फागुन ३ गते ध्यानाकर्षण पत्र बुझाएको थियो ।
तर, सो माग बारे हालसम्म कुनै सुनुवाई नभएको भन्दै मंगलबारदेखी संघ संघर्षमा उत्रेको हो ।
मजदुर संघले नगरको विभिन्न ठाउहरुमा स्टेण्ड कायम गर्न, राजविराज नगरक्षेत्रमा जताततै खुलेको फुटपाथ पसलहरुलाई व्यवस्थित गर्न, छाडा पशु चौपाया नियन्त्रण गर्न कान्जी हाउस संचालन, सडकका पेटीहरु गरिएको अतिक्रमणलाई खाली गराउन, घर निर्माणका लागि बाटोमै राखिएको सामाग्रिहरुका कारण आवतजावतमा कठिनाई भइरहेकोमा त्यसलाई खाली गराउन, बस पार्क संचालन गर्न, हटियास्थित निर्माण भइरहेको गिलेशनको समय सीमा भित्र निर्माण गर्न अटेर गरेका ठेकेदारमाथी कारवाही तथा राजविराजमा यातायत व्यवस्था कार्यालयको शाखा कार्यालय संचालन गर्न माग गरेको छ ।
सो मागहरु नगरपालिकाले कार्यान्वयन गर्न उदासिनता देखाएको भन्दै मसाल जुलुस प्रदर्शन गर्नुका साथै १२ गते राजविराज नगरपालिकामा धर्ना तथा १३, १४ र १५ गते नगर क्षेत्रमा पर्चा पम्प्लेट बितरण, नाराबाजी र भण्डाफोर अभियान गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ