News Category 2078/11/10
माग सम्बोधन नभएको भन्दै मजदुर संघ आन्दोलित
दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
अखिल नेपाल विद्युतीय रिक्सा अटो टेम्पो मजदुर संघ सप्तरीले आफ्नो माग सम्बोधन नभएको भन्दै मंगलबार राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
स्थानिय शिवमन्दिरको प्राङ्गणबाट सो जुलुस निकालिएको हो । गत माघ १८ गते नगरको समस्याहरु बारे विभिन्न ८ सुत्रिय माग राख्दै राजविराज नगरपालिका कार्यालयमा बुझाएको ज्ञापन पत्रको सुनुवाई नभएको भन्दै पुनः सोही माग राख्दै फागुन ३ गते ध्यानाकर्षण पत्र बुझाएको थियो ।
तर, सो माग बारे हालसम्म कुनै सुनुवाई नभएको भन्दै मंगलबारदेखी संघ संघर्षमा उत्रेको हो ।
मजदुर संघले नगरको विभिन्न ठाउहरुमा स्टेण्ड कायम गर्न, राजविराज नगरक्षेत्रमा जताततै खुलेको फुटपाथ पसलहरुलाई व्यवस्थित गर्न, छाडा पशु चौपाया नियन्त्रण गर्न कान्जी हाउस संचालन, सडकका पेटीहरु गरिएको अतिक्रमणलाई खाली गराउन, घर निर्माणका लागि बाटोमै राखिएको सामाग्रिहरुका कारण आवतजावतमा कठिनाई भइरहेकोमा त्यसलाई खाली गराउन, बस पार्क संचालन गर्न, हटियास्थित निर्माण भइरहेको गिलेशनको समय सीमा भित्र निर्माण गर्न अटेर गरेका ठेकेदारमाथी कारवाही तथा राजविराजमा यातायत व्यवस्था कार्यालयको शाखा कार्यालय संचालन गर्न माग गरेको छ ।
सो मागहरु नगरपालिकाले कार्यान्वयन गर्न उदासिनता देखाएको भन्दै मसाल जुलुस प्रदर्शन गर्नुका साथै १२ गते राजविराज नगरपालिकामा धर्ना तथा १३, १४ र १५ गते नगर क्षेत्रमा पर्चा पम्प्लेट बितरण, नाराबाजी र भण्डाफोर अभियान गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ