News Category 2078/11/11
काँग्रेस सप्तरीको सभापतिमा यादव र साहको उम्मेदवारी
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
नेपाली काँग्रेस सप्तरीको फागुन १५ गते हुने जिल्ला अधिवेशनका लागि सभापति पदमा संस्थापन पक्षबाट शत्रुधन यादव र इतर पक्षबाट सभापति पदका लागि रामदेव साहको उम्मेदवारी घोषणा भएको छ ।
मंगलबार संस्थापन पक्षले सभापति पदमा यादवको नाम घोषणा गरेको भोलीपल्ट बुधबार इतर पक्षले साहको नाम घोषणा गरेको हो । घोषणा कार्यक्रमबाट साहले घोषणा सभामा आफू काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाको पक्षबाट सभापति पदमा उम्मेदवारी दिने घोषणा गरे ।
उम्मेदवार घोषणा कार्यक्रममा संघीय सांसद तेजुलाल चौधरी, संविधानसभा सदस्य रन्जित कर्ण, क्षेत्र नं ४ का सभापति सीताराम साह, जिल्ला कोषाध्यक्ष शिवनारायण चौधरी, उमेश मिश्रा, विकेश्वर यादव बिमल, भोगेन्द्र झा, बद्री महात्मान, रामु यादव लगायतले नेपाली काँग्रेस भित्र समावेशी लोकतन्त्र कायम गर्न साहको प्यानललाई जिताउन आग्रह गरेका थिए ।
अघिल्लो दिन काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका वर्तमान जिल्ला सभापति दिनेश कुमार यादवको उपस्थितिमा संस्थापन पक्षबाट सभापति पदमा शत्रुधन यादवको उम्मेदवारी घोषणा गरिएको थियो ।
काँग्रेसको १४ औं महाधिवेश अन्तरगत जिल्लामा वडा, गाउँ, नगर, प्रदेश र केन्द्रका प्रतिनिधिका लागि भएको निर्वाचनमा अधिकांश संस्थापन पक्षका निर्वाचित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ