News Category 2078/11/11
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता

दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
अखिल नेपाल विद्युतिय रिक्सा, अटो, टेम्पो मजदुर संघले ८ बुँदे मागसहित सुरु गरेको आन्दोलन सहमतिपश्चात् टुङिगएको छ । बुधबार मजदुर संघ र राजविराज नगरपालिकाबीच मागहरु सम्बोधन गर्ने निर्णय भएपछि आन्दोलन टुङिगएको हो ।
मजदुरहरु धर्नामा बसेकोपछि राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले वार्ताका लागि बोलाएपछि सो वार्तामा मागहरु पुरा गरिने निर्णय जनाइएको छ ।
निर्णय अनुसार सखडा, पत्थरगाढा, नर्घोका लागि हुलाकी राजमार्गमा पर्ने गनु बाबुको जग्गाबाट सिटी टेम्पु संचालन गर्ने, कुनौली जानका लागि मिलन चौकबाट सिटि टेम्पु लगायत संचालन गर्ने, हनुमाननगर, भारदह जानका लागि स्वास्थ्य कार्यालय अगाडीबाट संचालन गर्ने, कंचनपुर जानका लागि सिन्हा ग्यारेज अगाडी पिपल बोटबाट, रुपनी, लहान जानका लागि प्रहरी तालिम केन्द्रको बाटो छेउबाट, स्थानिय सिटी, टेमपो संचालनका लागि भन्साली ट्रेडर्स राजविराज, तेतरी गाछी, राजदेवी बसपार्क अगाडीबाट संचालन गर्ने र बोड स्टेन्डको जिम्मा नगरपालिकाबाट दिने भएको जनाइएको छ ।
त्यस्तै फुटपात पसलहरुलाई बाटो नराखी नालासम्म व्यवस्थित गर्ने, छाडा चौपाया नियन्त्रणका लागि अविलम्ब काँजी हाउसको व्यवस्था गर्ने, नगर क्षेत्रको पेटीहरुमा राखिएको सरसामान तथा बोड हटाउने तथा बस पार्कबाट एक महिनाभित्र लामो तथा छोटो दुरीका सवारीसाधन संचालन गर्ने लगायतका निर्णय भएको छ ।
वार्तामा राजबिराज नगर पालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेमकुमार यादव, मजदुरहरुको तर्फबाट अखिल नेपाल ट्रेड युनियन महासंघका मधेश प्रदेश सचिव केदार देव, जिल्ला अध्यक्ष रामचन्द्र यादव, वाइसिएलकाका नगर अध्यक्ष संजय कुमार दास, अखिल नेपाल बिद्युतिय रिक्सा अटो टेम्पो मजदुर संघका जिल्ला अध्यक्ष बिजेन्द्र प्रसाद देव, मजदुर प्रतिनिधिहरु उद्धव भुजेल, सुरेश यादव, रामभरोसी प्रसाद गुप्ता, अरबिन्द मिश्र र वडा प्रहरी कार्यालय राजबिराजका प्रहरी प्रमुख सुमन महन्थ गिरी र ट्राफिक प्रहरी कार्यालय राजबिराजका प्रमुख मोहन लाल चौधरी समेतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ