News Category 2078/11/15
स्थानीय तहको निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक

दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले स्थानीय तहको निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक गरेको छ ।
सरोकारवालाहरुसँग मतदाता नामावली अद्यावधीक (दाबी विरोध समेत) सम्बन्धि आइतवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी निर्वाचन कार्यालयले सो तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यतालिका अनुसार फागुन १९ गते निर्वाचन कार्यक्रमको सुचना तथा मतदाता नामावली प्रकाशन गरिने भएको छ भने फागुन २० गते मतदाता नामावलीमा दोहरो नामावली भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका, वसाई सराई गरेका लगायतका विषयमा त्रूटि सच्याउन वा दाबी विरोध गर्ने समय तोकिएको छ ।
यस्तै फागुन २४ गते प्राप्त उजुरी र निवेदनको छानवीन गरी कानुन बमोजिम प्रक्रिया पुरा नगरेका मतदाताको नाम सुचीबाट हटाउने र फागुन २५ गते त्रुटी सच्याएर मतदाता नामावली प्रकाशन गर्ने तथा फागुन २६ गते दोहरो नाम परेका सम्बन्धमा प्राप्त निवेदनको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधीक भएको तथ्याङ्क संगै निर्वाचन आयोगमा पठाउने कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले बैशाख २९ सम्म मतदान गर्ने उमेर पुगेकालाई समावेश गरिने बताए । उनले माघ २४ सम्म चलेको मतदाता नामावली संकलन अभियान अन्तर्गत नाम लेखाएर बैशाख २९ सम्म १८ वर्ष पुृरा गरेका सबैले मतदान गर्न पाउने बताए । मतदान संकलन अभियानका क्रममा थपिएका ६० हजार ७ सय ९ मतदाता सहित जिल्लामा २ लाख २१ हजार १ सय पुरुष, २ लाख ३ हजार ५ सय ६२ महिला र २२ तेश्रो लिंगी गरी कुल मतदाताको संख्या ४ लाख २४ हजार ७ सय ९ पुगेको कार्यक्रममा उनले जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकार जर्नादन गौतम, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवका साथै विभिन्न राजनीतिक दलका प्रतिनीधी, संचारकर्मी, अधिकारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनीधी लगायतले पनि अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउन गरिनु पर्ने कामहरुबारे आ–आफ्नो सुझाव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ