News Category 2078/11/16
जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने

दैनिक समाचारदाता
राजबिराज, १६ फागुन ।
सगरमाथा साहित्य परिषद्ले फागुन २५ गते सर्वाधिक राशीको जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता गर्न लागेको जनाएको छ ।
सगरमाथा साहित्य परिषद्को संयोजनमा तथा सप्तरीको कञ्चनरुप नगरपालिकाले सर्वाधिक राशीको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिताबारे जानकारी गराउँदै उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगितामा सर्वोत्कृष्ट हुनेले ११ हजार रुपियाँ नगदसहित प्रथम पुरस्कार र प्रमाणपत्र पाउने जानकारी दिइएको छ ।
आयोजित पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष मनोहरकुमारले द्वितीय हुनेलाई ८ हजार रुपियाँ र तृतीय हुनेलाई ५ हजार नगद रुपियाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जनाए ।
यस्तै शान्तवना पुरस्कार २ जनाले जनही २÷२ हजार र ५ जनाले जनही १÷१ हजारका दरले समतामूलक शान्तवना पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाभरीका सबै शिक्षण संस्थाको सिफारिशमा कक्षा ९–१२ अध्ययनरत माध्यमिक बिद्यालय स्तरका १÷१ छात्र र छात्रा सहभागी गराइने छ ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा “मेरो सोचाइ र रोजाइका बाआमा”, “मैले खोजेको र रोजेको शिक्षक” तथा “म र मेरो मनोविज्ञान मैत्री विद्यालय” शिर्षकमा व्यावहारिक वक्तृत्वकला हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा उपस्थित कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले शिक्षा, स्वास्थ्य, विकास, सुशासनमा जिल्ला र प्रदेशमै आफ्नो नगरपालिका उत्कृष्ठबाट पुरस्कृत भएकोमा खुशी व्यक्त गरे । अन्य स्थानीय तहमा एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधी खासगरी प्रमुख र उपप्रमुखबीच कुटाकुटको स्थिती रहेकोमा आफ्नो नगरपालिकामा बहुमत अन्य पार्टीकै भएपनि आजसम्म सबै निर्णय र कामहरू सर्वसम्मतीमा भइरहेको दाबी गरे ।
परिषद्का सल्लाहकार बैद्यनाथ यादवले धन्यवाद ज्ञापन गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहित पत्रकारहरूको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ