News Category 2078/11/16
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
दैनिक समाचारदाता
राजबिराज, १६ फागुन ।
नेपाली काँग्रेस सप्तरीको आगामी फागुन २० गते हुने अधिवेशनका लागि संस्थापन पक्षतर्फ सभापतिका उम्मेदवार शत्रुधन प्रसाद यादव र इतर पक्षका उम्मेदवार रामदेव साह अन्तिम चरणको प्रचारमा जुटेका छन् ।
सो अधिवेशनका लागि निर्वाचन समितीले सोमबार निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । तालिका अनुसार फागुन १८ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र फागुन २० गते शुक्रवार काँग्रेसको जिल्ला अधिवेशन गरिने तय भएको छ ।
निर्वाचन समितीका प्रमुख डा.रुद्रनारायण शर्माले स्थानीय गजेन्द्रनारायण सिह औधोगिक क्षेत्रमा हुने निर्वाचनको सम्र्पुण तयारी पुरा भएको जानकारी दिदै अधिवेशनमा कुल २ हजार ५ सय ६८ मतदाता रहेको बताए ।
यता दुबै उम्मेदवार मत आप्mनो पक्षमा पार्न प्यानल बनाई प्रचार गरिरहेका छन् । शत्रुधन देउवा पक्ष र रामदेव डा.शेखर कोईराला पक्षबाट सभापतीका उम्मेदवार बनी चुनावी मैदानमा उत्रिएका हुन् ।
शत्रुधन यादवलाई वर्तमान सभापती समेत रहेका केन्द्रिय सदस्य दिनेश कुमार यादवको समर्थन छ भने रामदेवलाई संघिय साँसद तेजुलाल चौधरीको समर्थन प्राप्त छ । आफ्नो समर्थन रहेको उम्मेदवारलाई प्यानलसहित जिताउन देउवा पक्षीय केन्द्रिय सदस्य यादव र इतर पक्षका संघिय साँसद चौधरी भोट माग्दै निकै दौडधुप गरिरहेको देखिन्छ ।
सभापती पदका उम्मेदवार शत्रुधन र रामदेव पनि टिम बनाई घरदैलो,कोठे बैठक र ब्यक्तीगत रुपमा भोट माग्ने कार्यलार्य तिब्र बनाएको छ । रामदेव अघिल्लो निर्वाचनमा वर्तमान सभापती दिनेश कुमार यादवसंग १ सय ४ मतले पराजित भएका थिए । शत्रुघन भने सचिव पदमा निर्वाचित भएका थिए ।
सर्वसम्मत नेतृत्वका लागी भन्दै केन्द्रिय सदस्य समेत रहेका वर्तमान जिल्ला सभापती दिनेश कुमार यादवको संयोजकत्वमा डा.सुबोध पोखरेल र भागवत यादव सदस्य रहने गरी एक कार्यदल समेत गठन गरिएको छ । अहिले सम्म सफलता नमिलेको र निर्वाचनबाटै नेतृत्वको टुंगो लगाउने अवस्था रहेको कार्यदलका सदस्य डा.सु्बोध पोखरेलले बताए । यद्यपी अन्तिम क्षण सम्म प्रयास जारी राख्ने उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ