News Category 2078/11/20
महादेवा गापामा माओवादीको स्थानीय चुनावको चहलपहल शुरु

दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
सप्तरीको महादेवा गाउँपालिकामा माओवादी केन्द्रले चुनावी चहलपहल शुरु गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गतेको मिति तय गरेसँगै माओवादी केन्द्रले पनि चुनावी चहलपहल सुरु गरेको हो ।
चुनावी चहलपहल अन्तर्गत शुक्रवार महादेवा गापा वडा नं. १ सोनरामा नेतृत्वहरुको विचमा ब्यापक छलफल पार्टी निर्माण तथा चुनावी चहलपहल एवम सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको नामावली समेत घोषणा गरियो ।
सो अवसरमा महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावमा विजयीको सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी वढ्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल (अमर) ले प्रतिवद्घता ब्यक्त गरे ।
त्यसैगरी प्रदेश सदस्य महेश प्रसाद यादवले माओवादी केन्द्रको चुनावमा विजयीको सुनिश्चितता रहेकोले सम्पुर्ण स्थानिय नेतृत्वहरु एक भएर अगाडी वढेमा महादेवा गापाको ६ वटै वडाको साथै अध्यक्ष र उपाध्यक्षको जीत सुनिश्चित रहेको बताए ।
स्थानीय सरकारको नेतृत्व गर्न दिपेन्द्र माझी, देवराम यादव, मनोज यादव, कृष्ण चन्द्र मण्डल (वौवा), कृष्णदेव मण्डल, सुरेन्द्र यादव, मो सकुर, वेजु कामैत, फरेवी सदा अध्यक्ष पदमा आकांक्षी रहेका छन ।
यसैगरी उपाध्यक्षमा अनिता कुमारी मण्डल, अनिता कुमारी यादव, प्रमिला यादव, सविता कुमारी मण्डल, उर्मिला देवी यादव, कल्पना चौधरी र निशा चौधरीले दाबी प्रस्तुत गरेकी छिन् ।
स्थानीयस्तरमा निर्वाचनको तयारीका लागि बैठक, सभा र कार्यक्रमहरुलाई बाक्लो बनाउने छलफल भएको छ । सरकारले बैशाख ९ गते उम्मेदवारी दर्ता १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने बैशाख ३० गते मतादानको मिति घोषणा गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ