News Category 2078/11/20
राप्रपा सप्तरीले १३ स्थानीय तहमा उम्मेदवारको टुंगो लगायो
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको शुक्रवारै वसेको बृहत बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागी जिल्लाको १८ मध्ये १३ स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको छ ।
जिल्ला अध्यक्ष उमदेश्वर साहले बैठकबाट सर्वसम्त ढंगले चयन गरिएको प्रमुख, उप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष लगायतका उम्मेदवारको नामावली अनुमोदनका लागी केन्द्रिय समितीमा पठाइएको जानकारी दिए ।
उनका अनुसार राजविराज नगरपालिकाको प्रमुख पदका लागी उमेश प्रसाद साह, शम्भुनाथ नगरपालिकाको प्रमुख पदका लागी उम्मदेवश्वर प्रसाद साह र उपप्रमुख पदका लागी निलम देवी सदा, हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पदका लागी नागेन्द्र प्रसाद साह, उप–प्रमुखमा शुकरी देवी मण्डल, बोदे बर्साइन नगरपालिकाको प्रमुख पदका लागी अशोक कुमार साह र उप प्रमुखमा सिता देवी यादवको नाम सिफारिस गरिएको छ ।
यस्तै खडक नगरपालिकाको प्रमुखमा बद्री नारायण साह, उप प्रमुखमा शर्मिला देवी साह, सुरंगा नगरपालिकामा प्रमुख पदका लागी बिरेन्द्र भगत उपप्रमुखमा प्रेम कुमारी महरा, डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा सुर्य नारायण साह, उपप्रमुखमा एलिना आचार्य, कचंनरुप नगरपालिकाको प्रमुखमा कृष्ण कुमार चौहान, उपप्रमुख सुनिता देवी साह, महादेवा गाउँपालिकाको अध्यक्ष पदमा बेचन इशर, उपाध्यक्षमा उषा गिरी, बलानविहुल गाउँपालिकाको अधयक्ष पदमा राम नरेश यादव, उपाध्यक्षमा रंजना कुमारी यादवको नाम सिफारिस गरिएको छ ।
छिन्नमस्ता गाउँपालिकाबाट अध्यक्ष पदमा राम देव यादव, तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्षमा देशीनन्दन मण्डल, तिरहुत गाँउपालिकाको अध्यक्षमा दशरथ खंग, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा राम कुमार यादव, उपाध्यक्षमा शोभा देवी मण्डलको नाम सिफारिस गरिएको छ ।
बाँकि रहेका स्थानीय तहका उम्मेदवारहरुको पनि एक साता भित्रै चयन गरी अनुमोदनका लागी केन्द्रिय समितीमा पठाइने सो पार्टीले जनाएको छ ।
यस्तै शुक्रबारै पार्टीद्वारा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले राजविराजकी जया कुमारी महतोलाई केन्द्रिय सदस्य पदमा मनोनित गरेको छ । महतो राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संघ सप्तरीकी अध्यक्ष समेत हुन ।
सो अवसरमा जिल्ला अध्यक्ष उम्मदेश्वर साह, बरिष्ठ उपाध्यक्ष उमेश प्रसाद साह, सचिव बलराम शर्मा, सहसचिव सुरेन्द्र कुमार साह (सुरेश), पुर्व केन्द्रिय सदस्य सुभाष चन्द्र झा लगायतले नवनियुक्त केन्द्रिय सदस्य महतोलाई स्वागत तथा सम्मान गरे ।
जिल्ला कार्य समितीको सिफारिसमा महतोलाई पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिंगदेनको अध्यक्षतामा दुई दिन अघि बसेको केन्द्रिय समितीको बैठकले केन्द्रिय सदस्य पदमा मनोनित गरेको जिल्ला अध्यक्ष साहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ