News Category 2078/11/21
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
राजविराज÷नेपाल अडिटर्स एशोसिएसन जिल्ला कार्य समिति सप्तरीले जिल्लाको कंचनरुप नगरपालिकाले स्थानिय सामुदायिक विद्यालयहरुमा लेखापरिक्षकको नियुक्तीमा अनियमितता भएको ओरोप लगाएको छ ।
अडिटर्स एशोसिएसनका अध्यक्ष विश्वनाथ देवद्वारा जारि विज्ञप्तिमा कंचनरुप नगरपालिका शिक्षा शाखाले लेखापरिक्षणार्थ लेखापरिक्षकको नियुक्ति गर्न सूचना पालिकाको वेवसाइटमा असोज १२ गते प्रकाशित गरेपछि ३३ जनाको निवेदन परेकोमा १५ जनालाई मात्र आर्थिक चलखेल गरि मनपरी तरिकाले नियुक्त गरेको आरोप लगाइएको छ ।
३३ जना मध्ये १३ जना स्थानिय लेखापरिक्षकको निवेदन परेकोमा ३ जनालाई मात्र नियुक्त गरि व्यापक अनियमितता गरेको एशोसिएसनले निश्कर्ष निकालेको छ ।
यस्तै विज्ञप्तिमा नेपाल अडिटर्स एशोसिएशन सप्तरीले फागुन ११ गते लेखापरिक्षकको नियुक्ति सम्बन्धमा सूचना माग गर्दा शिक्षा शाखाले कुनै जानकारी नदिएकोले सो सम्बन्धमा आवश्यक छानबिन गरि कडा कारवाहीका लागि माग गरिएको छ ।
उक्त नगरपालिकाको ३२ सामुदायिक विद्यालयहरुले आ.ब. २०७५÷०७६ देखी २०७७÷७८ सम्म तीन वर्षको हालसम्म लेखापरिक्षण गराएका छैनन् । नगरपालिकाहृस्को शिक्षा शाखाले ती विद्यालयहरुको लेखापरिक्षणका लागि प्रदेश १ का ११, मधेश प्रदेशको लहानका एक तथा सप्तरीका ३ जना लेखापरिक्षकहरुलाई नियुक्त गरेको छ ।
यता सप्तरीका लेखापरिक्षहरुले आफूहरुले सूचनाले माग गरे अनुरुप नै सम्पूर्ण प्रक्रिया पुरा गरि निवेदन पेश गर्दा पनि स्थानिय लेखापरिक्षहरुलाई पालिकाले उपेक्षित गरेको आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ