News Category 2078/11/21
राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सप्तरी काँग्रेसको निर्वाचन स्थगित, मतपत्र च्यातियो
राजविराज÷नेपाली काँग्रेस सप्तरीको जिल्ला अधिवेशन विवादका बीच स्थगित भएको छ । निर्वाचन समितिले निर्वाचन स्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै दिउँसो ४ बजेतिर विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित भएको हो ।
पटक पटक समय परिवर्तन गर्दै शनिबारका लागि तय भएको जिल्ला अधिवेशन बिहान ८ बजेदेखी हुने भनिएको निर्वाचन १० बजेदेखी मात्र सुरु भएको थियो ।
रुपनी गाँउपालिका वडा न ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक पटक मतदाताको सहयोगि बनेको भन्दै विवाद उत्पन्न भएको थियो ।
सो विवाद उत्पन्न भएपछि केही मतपत्र च्यातिएको प्रत्यक्षदर्शी काँग्रेसी नेताहरुले जनाएका छन् । कुल २ हजार ५ सय ३५ मतदाता मध्ये दिउँसो ४ बजेसम्म ६ सय ३ मत मात्र खसेको थियो ।
निर्वाचन समितिले क्षेत्र नं. १ देखि ४ सम्म अलग अलग बुथ राखेपनि महिला र पुरुषलाई एउटै बुथमा राखेपछि बिवादको अर्को कारण बनेको थियो । एउटै बुथमा महिला पुरुष राखेपछि एक मतदातालाई धेरै उम्मेदवारलाई मतदान गर्नुपर्ने बाध्यताले व्यवस्थापन भद्रगोल अवस्था देखिएको थियो ।
नयाँ नेतृत्वका लागि सभापति पदमा संस्थापन पक्षतर्फबाट शत्रुधन प्रसाद यादव र इतर पक्षतर्फबाट रामदेव साहको उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापति समेत रहेका केन्द्रिय सदस्य दिनेश कुमार यादवको समर्थन रहेको छ भने शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका रामदेवलाई संघीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको छ ।
यो समाचार तयार गर्ने समय सम्म निर्वाचन समिति र उम्मेदवारद्वय पक्षबीच छलफल जारि रहेको छ । श्रोतका अनुसार स्थगित भएको निर्वाचन मंगलबार हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ