News Category 2078/11/22
स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै बोदेबर्साईनमा माओवादी केन्द्रको बैठक

दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
नेकपा (माओवादी केन्द्र)ले सप्तरीको बोदेबर्साईन नगरपालिकाको विस्तारित बैठक सम्पन्न गरेको छ ।
बोदेबर्साईन नगरपालिका वडा नं. ३ गौरा डिहबारथानको प्राङ्गणमा स्थानीय निर्वाचनलाई केन्द्रित गरेर बसेको बैठकमा पार्टीका अगुवा नेता कार्यकर्ता तथा सम्भावित उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का सम्भाबित प्रमुख पदका उम्मेदवार डा. सुर्य प्रसाद यादव, इन्जिनियर बैजनाथ प्रसाद यादव, दिलिप कुमार यादव, किरण कुमार यादवर उपस्थिति रहेका थिए भने उपप्रमुखका आकांक्षीमा सुनिता कुमारी साह समेत थिइन् ।
युवालाई रोजगारीको ग्यारेण्टी, व्यवसायीलाई व्यापार, किसानलाई खेतमा सिंचाई, मल खाद, विउको ब्यवस्था, महिलालाई घरेलु हिंसारहित, विद्यार्थीलाई रोजगारमुखि शिक्षा, नगरको समुचित बिकाशका नाराको साथ चुनावलाई लक्षित गर्दै नगरका १० वटै वडाहरुमा चुनावी सभाहरु गर्ने कार्यक्रम तयार गरिएको पार्टीका सम्भाबित प्रमुख पदका उमेदबार डा. सुर्य प्रसाद यादवले जानकारी दिए ।
त्यस्तै बैठकवाट पार्टीले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउनको लागि स्वयमसेवकको रुपमा वाइसियल परिचालन गर्ने निर्णय गर्दै निर्वाचनमा पार्टीको चुनावी प्रचारलाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु समेत निर्माण गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ