News Category 2078/11/22
स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै बोदेबर्साईनमा माओवादी केन्द्रको बैठक
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
नेकपा (माओवादी केन्द्र)ले सप्तरीको बोदेबर्साईन नगरपालिकाको विस्तारित बैठक सम्पन्न गरेको छ ।
बोदेबर्साईन नगरपालिका वडा नं. ३ गौरा डिहबारथानको प्राङ्गणमा स्थानीय निर्वाचनलाई केन्द्रित गरेर बसेको बैठकमा पार्टीका अगुवा नेता कार्यकर्ता तथा सम्भावित उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का सम्भाबित प्रमुख पदका उम्मेदवार डा. सुर्य प्रसाद यादव, इन्जिनियर बैजनाथ प्रसाद यादव, दिलिप कुमार यादव, किरण कुमार यादवर उपस्थिति रहेका थिए भने उपप्रमुखका आकांक्षीमा सुनिता कुमारी साह समेत थिइन् ।
युवालाई रोजगारीको ग्यारेण्टी, व्यवसायीलाई व्यापार, किसानलाई खेतमा सिंचाई, मल खाद, विउको ब्यवस्था, महिलालाई घरेलु हिंसारहित, विद्यार्थीलाई रोजगारमुखि शिक्षा, नगरको समुचित बिकाशका नाराको साथ चुनावलाई लक्षित गर्दै नगरका १० वटै वडाहरुमा चुनावी सभाहरु गर्ने कार्यक्रम तयार गरिएको पार्टीका सम्भाबित प्रमुख पदका उमेदबार डा. सुर्य प्रसाद यादवले जानकारी दिए ।
त्यस्तै बैठकवाट पार्टीले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउनको लागि स्वयमसेवकको रुपमा वाइसियल परिचालन गर्ने निर्णय गर्दै निर्वाचनमा पार्टीको चुनावी प्रचारलाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु समेत निर्माण गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ