News Category 2078/11/23
मलेठ घटनाको पाचौं पुण्यतिथिमा सहिद परिवार सम्मानित

दैनिक समाचारदाता
राजबिराज, २३ फागुन ।
मलेठ घटनाको पाँचौ पुण्यतिथिको अवसरमा सोमबार श्रद्वाञ्जली सभाको आयोजना गरिएको छ ।
राजबिराज वडा ९ स्थित मलेठ जोलहरीमा स्थानियबासीहरूले सभाको आयोजना गरि सहिदप्रति श्रद्वासुमन अपर्ण गरेका थिए ।
मलेठ घटनामा प्रहरीको गोली लागि सहादत प्राप्त गरेका पिताम्बर मण्डल, सञ्जन मेहता, वीरेन्द्र महतो, आनन्द साह र इनर यादवका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
उक्त श्रद्वाञ्जली सभामा जसपा सप्तरी अध्यक्ष केदार यादब, लोसपा सप्तरी अध्यक्ष सुनिल यादब, राजबिराज नगरपालिका नगरप्रमुख शम्भु प्रसाद यादब र जसपा नेता भिमराज यादबले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सभामा बोल्दै प्रमुख अतिथि तथा शहिद सन्जन मेहताका बुवा लक्ष्मण मेहताले मलेठ घटना भएको पाँच वर्ष बित्दा समेत दोषीलाई कारवाही नभएको प्रति चिन्ता ब्यक्त गरे ।
लोसपाका स्थानिय नेता रामचन्द्र यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्वसासंद लक्ष्मी चौधरी, लोसपा केन्द्रीय नेता दिपेन्द्र चौधरी, पुनम यादब, जसपा नेता अमरनाथ मण्डल, जिसस सदस्य लक्ष्मी रजक, राजबिराज वडा ९ का अध्यक्ष शम्भु यादब (लाली), लोसपा नेता बिनोद यादब, जसपा युवा नेता शम्भु यादब, सुरजित सिँह, तारकेश्वर यादब, श्याम यादब, पत्रकार अबधेश झा, शुभचन्द्र झा, लगायत स्थानियबासीहरूले सहिद स्तम्भमा श्रद्वासुमन अपर्ण गरेका थिए भने कार्यक्रमको संचालन लक्ष्मण यादब गरेको सभामा स्वागत मन्तब्य जसपा नेता हरेराम यादबले गरेका थिए ।
बि.स. २०७३ साल फागुन २३ गते नेकपा एमालेले आयोजना गरेको मेचीमहाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध गरेपछि भएको झडपका क्रममा प्रहरीले गोली चलाउ्रँदा मलेठका सन्जन मेहता, पिताम्बर मण्डल, बिरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ