News Category 2078/11/24
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
समाजवादी महिला संघ सप्तरीद्वारा राजविराजको नगरसभा कक्षमा आयोजित कार्यक्रममा सहभागी महिलाहरुले सबै क्षेत्रमा महिलाको समान सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सहभागीहरुको जिज्ञासा र मागको जवाफमा कार्यक्रमका प्रमुख अतिथि रहेका मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले महिलालाई सबै क्षेत्रमा समान सहभागिताको सुनिश्चितता र आर्थिक रुपमा सबल बनाउन प्रदेश सरकारले बजेटमा धेरै कार्यक्रम समावेश गरेको बताए ।
उनले ‘बेटी पढाऊ, बेटी बचाऊ अभियान‘ ल्याएको भन्दै छोरीहरुको शिक्षामा पहुँच बढाउन साइकल वितरण, छोरीहरुको बिमा र सरकारी नोकरीमा ५० प्रतिशत महिलाको सहभागिता लगायतका महिलामुखी कार्यक्रम मधेश प्रदेश सरकारले अघि बढाएको बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका दुई दर्जनभन्दा बढी महिलालाई सम्मान गरिएको थियो । समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष प्रमिला साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष केदार यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, महिला नेतृ गीता यादव, मञ्जु खड्गा, रमिला साह, आशा तामाङ्ग लगायतले पनि बोल्दै महिलालाई उचित सम्मान र अवसर दिनुपर्नेमा जोड दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ