News Category 2078/11/24
महिला दिवसमा ¥यालीसहितको सचेतनामूलक कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार महिला मानव अधिकार रक्षक सञ्जाल मुल आयोजक समारोह समितिले ¥याली सहितको सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।
स्थानीय शिव मन्दिरबाट मुल आयोजक समारोह समितिको अगुवाईमा दलित सरोकार मञ्च, पत्रकार महासंघ, मैत्री मिथिला फाउण्डेशन, परिकल्पना नेपाल, जिल्ला प्रहरी कार्यालय लगायत एक दर्जन संघ÷संस्था र कार्यालयको प्रतिनिधिको संयुक्त सहभागितामा निस्केको ¥याली बजार क्षेत्र परिक्रमा गरेको थियो ।
सो क्रममा सहभागिहरुले दाइजो प्रथा बन्द गर, छोराछोरीलाई सामान व्यवहार गर, बालविवाह तथा महिला हिंसा बन्द गर, भ्रुण हत्या बन्द गर लगायतका नाराबाजी समेत गरेका थिए ।
बजार परिक्रमा पश्चात ¥याली अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । सामाजिक न्याय लैंगिक सामानता, दिगो विकासको सुनिश्चितता नाराका साथ भएको अन्तरक्रिया कार्यक्रममा मुल आयोजक समितिकी संयोजक सुधा देव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सामुदायिक प्रहरी सेवा मञ्चका हितनाराण लाल दास, एकम महिला संघकी अनिता देवकोटा, सञ्चारकर्मी मनोहर पोख्रेल, नानीमाया कटुवाल लगायतले सबै क्षेत्रमा महिलाको सामान सहभागितामा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ