News Category 2078/11/26
डाक्नेश्वरी नगरपालिका अब आफ्नै भवनमा, ५७ कोठ्ठे सहितको तीन तल्ले भवन तयार
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिकाको अब आफ्नै भवन तयार भएको छ । ५ करोड ७० लाखको लागतमा ५७ कोठ्ठे तीन तल्ले भवन तयार भएपछि बुधवार त्यसको उद्घाटन समेत भएको छ ।
भवन निर्माणकालागि करिब ५ करोड मूल्य बराबरको १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका सप्तरीको संसदीय क्षेत्र नं.३ का निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले नवनिर्मित भवनको बुधवार एक भव्य समारोह बीच उद्घाटन गरेका छन् । यसअघि पनि नगरपालिकामा हाटबजार, स्वास्थ्य संस्था, विद्यालय, प्रहरी चौकी, खानेपानी कार्यालय र खेलमैदानका लागि जग्गा दान गरी दानबीरको उपाधी पाएका सांसद चौधरीले आवश्यक परे थप जग्गा समेत दिन तयार रहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले अतिथीहरुको स्वागत गर्दै नगरपालिकाको आफ्नो भवन नहुँदा विगत लामो समयदेखि प्रति महिना ६० हजार घर भाडा तिरेर कार्यालयको कामकाज सञ्चालन हुँदै आएकोमा अब आफ्नै भवन हुँदा अनावश्यक खर्च घट्नुका साथै सेवा प्रवाहमा सहज हुने बताए । नगर प्रमुख शिवनारायण साहले दाता चौधरीको सम्मान गर्दै नगरवासी सदा उहाँको अभारी रहने बताए ।
उद्घाटन समारोहमा प्रदेशसभा सदस्य विदेश्वर यादव ‘विक्की’, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, लोसपाका केन्द्रीय सदस्य गजेन्द्र मण्डल, विरेन्द्र साह ‘क्रान्ति’, जसपाका जिल्ला अध्यक्ष केदार यादव, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश झा, महासंघका जिल्ला सचिव चन्दन यादव लगायतले शुभकामना दिँदै नगरपालिकाका आफ्नै भवन तयार हुँदा खर्च घट्ने र नगरवासीले सहज, सरल र छिटो छरितो ढंगले सेवा पाउने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ