News Category 2078/11/26
डाक्नेश्वरी नगरपालिका अब आफ्नै भवनमा, ५७ कोठ्ठे सहितको तीन तल्ले भवन तयार
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिकाको अब आफ्नै भवन तयार भएको छ । ५ करोड ७० लाखको लागतमा ५७ कोठ्ठे तीन तल्ले भवन तयार भएपछि बुधवार त्यसको उद्घाटन समेत भएको छ ।
भवन निर्माणकालागि करिब ५ करोड मूल्य बराबरको १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका सप्तरीको संसदीय क्षेत्र नं.३ का निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले नवनिर्मित भवनको बुधवार एक भव्य समारोह बीच उद्घाटन गरेका छन् । यसअघि पनि नगरपालिकामा हाटबजार, स्वास्थ्य संस्था, विद्यालय, प्रहरी चौकी, खानेपानी कार्यालय र खेलमैदानका लागि जग्गा दान गरी दानबीरको उपाधी पाएका सांसद चौधरीले आवश्यक परे थप जग्गा समेत दिन तयार रहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले अतिथीहरुको स्वागत गर्दै नगरपालिकाको आफ्नो भवन नहुँदा विगत लामो समयदेखि प्रति महिना ६० हजार घर भाडा तिरेर कार्यालयको कामकाज सञ्चालन हुँदै आएकोमा अब आफ्नै भवन हुँदा अनावश्यक खर्च घट्नुका साथै सेवा प्रवाहमा सहज हुने बताए । नगर प्रमुख शिवनारायण साहले दाता चौधरीको सम्मान गर्दै नगरवासी सदा उहाँको अभारी रहने बताए ।
उद्घाटन समारोहमा प्रदेशसभा सदस्य विदेश्वर यादव ‘विक्की’, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, लोसपाका केन्द्रीय सदस्य गजेन्द्र मण्डल, विरेन्द्र साह ‘क्रान्ति’, जसपाका जिल्ला अध्यक्ष केदार यादव, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश झा, महासंघका जिल्ला सचिव चन्दन यादव लगायतले शुभकामना दिँदै नगरपालिकाका आफ्नै भवन तयार हुँदा खर्च घट्ने र नगरवासीले सहज, सरल र छिटो छरितो ढंगले सेवा पाउने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
- 2082/02/08 सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ