News Category 2078/11/26
फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
बाढी, बिहेबारी तथा गाँउमा विभिन्न विषयमा छलफल र भेला गर्ने बेला एउटा व्यवस्थीत भवनको अभाव भोग्दै आएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ विषणपुर गाँउका वासिन्दाको समस्या समाधान भएको छ ।
विहीवार मधेश प्रदेशका समाजिक विकास मन्त्री नवल किशोर साहले संसदीय विकास कोषको १९ लाख र प्रदेश सरकारको २० लाखको लागतमा सभाकक्ष सहितको तीन कोठे सामुदायीक भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गरेपछि स्थानीयवासीको सपना साकार भएको छ ।
भवनको उदघाटन गर्दै मन्त्री साहले भने“यहाँका गाउँलेका पिडा नजिकबाट हेरेको छु,त्यसैले उपलब्ध गराईएको सु्विधा सम्पन्न भवनको सदुपयोग गर्नूहोला, यही आग्रह छ । ”
उनको निर्वाचन क्षेत्र समेत रहेको यस क्षेत्रमा कम्तीमा पाँच हजारले रोजगारी पाउने गरी एउटा कारखाना स्थापनाको सपना बुनेको समेत उनले बताए । कार्यक्रम स्थल अगाडी रहेका फुसका संरचना भएका घरहरु तर्फ संकेत गर्दै मन्त्री सा्हले भने “यहाँका युवाले रोजगारी पाए भने यस्ता फुसका घरहरु विस्थापित भई पक्की भवनहरु बन्नेछन् ।उनले कारखाना संचालनका लागी आफुले पहल थालेको र छिट्टै सपना पुरा हुने विश्वास समेत व्यक्त गरे ।
वर्षायाममा आउने बाढीले सो गाँउ सर्वाधिक मारमा पर्ने गरेको वडा अध्यक्ष सत्यनारायण यादवले बताए ।
“बाढी गाउँमा पस्दा सुरक्षित स्थान खोज्न यहा भागाभाग हुन्थ्यो,उनले भने “अब उचो स्थानमा सुविधा सम्पन्न सामुदायीक भवन बनेपछि सुरक्षित वास र गाउँघरमा विहेवारी तथा भेला र छलफलका लागी बेला बेलामा आउने अथितीहरुलाई पनि सहज भएको छ ।”कार्यक्रममा जसपा मधेश प्रदेश कमिटीका सदस्य सुरजित सिंह गुडु, समाजसेवी सुर्यनारायण यादव लगायतले पनि बोल्दै प्राप्त नयाँ भवनले गाउँवासीलाई ठुलो मदत पुग्ने विश्वास व्यक्त गरे ।
विहीवार नै मन्त्री साहले सप्तरीको मधवापृुरमा प्रदेश सरकारको ९० लाखको सहयोगमा तयार पारिएको पाँच कोठे कक्षाकोठा भवनको उदघाटन र छात्राहरुलाई साईकल वितरण गरेका छन् । मधवापुर माध्यमिक विद्यालयमा थप पाँच कोठे कक्षाकोठा भवनको उदघाटन र छात्राहरुलाई साईकल वितरण गर्दै मन्त्री साहले शिक्षाको विकास विना समाज र मुलुकको विकास असम्भव रहेको जिकीर गर्दै प्रदेश सरकारले शिक्षामा सर्वाधिक लगानी गरीरहेको र प्राप्त सहयोगको सदुपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा उक्त विद्यालयका कक्षा ८ मा पढ्ने २३ जना छात्रालाई प्रदेश सरकारको तर्फबाट तथा कक्षा ९ र १० का ५२ जना छात्रालाई हनुमाननगर कंकालिनी नगरपालिकाको तर्फबाट साईकल वितरण गरिएको थियो । सो अवसरमा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेस प्रसाद साह,उपप्रमुख सरिता यादव लगायतले पनि बोल्दै सुविधायुक्त विद्यालय भवन र सहजताका लागी प्रदान गरिएको साईकलले विद्यालयमा विद्यार्थीको संख्या बढाउन मदत पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ