News Category 2078/11/26
काँग्रेस सप्तरीमा साह विजयी
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
नेपाली काँगे्रको सप्तरी जिल्ला सभापतीमा रामदेव साह विजयी भएका छन् ।
उनी शेखर कोईराला पक्षका हुन् । संस्थापन पक्षका शत्रुघन प्रसाद यादवलाई १ सय १६ मतले पराजीत गर्दै साह विजयी भएका हुन् । सात पदाधीकारी सहित ८४ सदस्यीय जिल्ला कार्या समितीका लागी साह र यादव प्यानल सहित प्रतिस्पर्धा गरेका थिए ।
मंगलवार निर्वाचन सम्पन्न भए पनि मतगणना प्रक्रियाबारे दुबै पक्षबीच विवाद हुदाँ मतगणना लम्बिएको हो । दुबै पक्ष सहमतीमा आएपछि विहीवार कडा सुरक्षाबीच स्थानीय जिल्ला समन्वय समितीको सभाकक्षमा मतगणना सुरु गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत डा.रुद्र शर्माका अनुसार सभापती पदमा साहले १ हजार १ सय ८६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी यादवले १ हजार ७० मत प्राप्त गरेका छन् । साह अघिल्लो निर्वाचनमा सभापती पदमा पराजित भएका थिए । सभापती पदमा ८६ मत बदर भएको छ । निर्वाचनमा २ हजार ५ सय ३५ मतदाता रहेकोमा २ हजार ३ सय ४२ मत खसेको थियो ।
अन्य पदाधीकारी, प्रतिनीधी तथा सदस्यहरुको मत गणना भने जारी रहेको तथा सम्पुर्ण नतिजा आउन अझ दुई दिन समय लाग्ने अनुमान गरिएको पार्टी प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ